arrow

आयोगले दलहरुलाई भन्यो –तत्काल चुनावको खर्च विवरण बुझाउ

logo
प्रकाशित २०७४ माघ १५ सोमबार
election-commission.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले खर्च विवरण नबुझाएका उम्मेदवारहरुलाई तत्काल विवरण बुझाउन सचेत गराएको छ । आयोगले दोस्रो चरणको निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था अनुरुप उम्मेदवाहरुलाई खर्च विवरण बुझाउन सचेत गराएको हो ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन अनुरुप दल, उम्मेदवार र प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण निर्वाचन आयोग अथवा तोकिएको कार्यालयमा बुझाउनु पर्ने व्यवस्था छ । 

आयोगले सूचना जारी गरेर प्रदेश सभा अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका सबै राजनीतिक दलहरुलाई आउँदो फागुन ८ गतेभित्र खर्च विवरण बुझाउन भनेको छ ।   गएको मंसिर १० र २१ गते भएको आम निर्वाचन अन्तर्गत प्रदेशको समानुपातिक निर्वाचनको मत परिणाम माघ ३ गते सार्वजनिक भएको थियो । 

यस्तै, आयोगले सूचनामार्फत सबै दलहरुलाई यही माघ मसान्तभित्र आ–आफनो दलको आय व्यय विवरण बुझाउन पनि आग्रह गरेको छ । आयोगले राजनीतिक दल सम्बन्धि ऐन अनुसार आय व्यय विवरण बुझाएको १ महिना भित्र विवरण सार्वजनिक गर्न समेत भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ