arrow

प्रमाणित भयो ‘दिल्ली दूर नही’

logo
प्रकाशित २०७४ माघ १५ सोमबार
sandeep.jpg

काठमाडौं । वैज्ञानिक जमानाले प्रमाण खोज्छ । विना प्रमाण त्यो आधिकारिक हुन्न । सामान्यतः नेपाली राजनीतिमा एउटा भनाइ छ ‘दिल्लीमा पानी परे काठमाडौंको मौसम बिग्रन्छ ।’

अर्थात् दिल्लीमा कुनै हलचल भयो भने काठमाडौंलाई पनि असर पर्छ । भारतमा पेट्रोलियम पदार्थमा मुल्य बढे काठमाडौंमा पनि बढ्छ । 

धेरै कारणहरु छन् भारतमा हुने तलमाथिले नेपाललाई असर पार्छ । त्यसैले होला दिल्ली दूर नही भनिएको । 

हुनत सन्दीप लामिछाने नेपाली क्रिकेटमा नक्षत्र हुन् । उनी जहाँ जान्छन् चम्किन्छन् । चम्किने तारा । 

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा पहिलो पटक स्थान जमाएर उनले आफूलाई चम्किलो तारा भएको प्रमाणित गरेका छन् । 

नेपालले क्रिकेट खेल्न थालेको सताब्दी हुन लाग्यो । अन्तर्राष्ट्रिय मान्यता पाएको सन् १९९६ मा । 

अरु देशले थुप्रै फड्को मार्दा नेपालले खासै उल्लेखनीय फड्को मार्न सकेको छैन । 

यस्तोमा सन्दीपले मारेको फड्को अवीश्मरणीय छ । उनी पहिलो पटक आइपिएल खेल्ने नेपाली खेलाडी बनेका छन् । 

नेपाली अरु खेलाडीको पनि कमालको प्रदर्शन रहँदै आएको थियो । तर यतिबेला सन्दीप बाहेक कोही देखिँदैनन् । 

किनकि उनी दिल्ली डेयर डेभिल्सबाट ११ औं संस्करणको आइपिएलमा सहभागी हुँदैछन् । 

उनलाई दिल्लीले नेपाली ३२ लाख रुपैयाँमा किनेको हो । त्यो नेपाली क्रिकेटरका लािग ठूलो हो । 

सबैभन्दा ठूलो कुरा उनले एक्सपोजर पाए । नेपालको नाम हरेक सूचनामा जोडे । 

सन् २०१६ मा बंगलादेशमा भएको यु–१९ विश्वकपमा आइरल्याण्डविरुद्धको खेलमा लिएको ह्याट्रिक सहित १४ विकेटले सन्दीपलाई शिखरमा पुर्यायो । 

उमेर भर्खर १७ वर्ष । तर स्पीन बलिङमा जादू । त्यही जादू देखाउन सन्दीप दिल्ली जाँदैछन् । 

अष्ट्रेलियन पूर्व कप्तान माइकल क्लार्कले देखाएको प्रयास पनि राम्रो भयो । उनले ‘लिटिल च्याम्स’ भन्दै सन्दीपलाई जहिले पनि सराहना गरे । 

आफ्नो क्लवमा लगेर प्रशिक्षण दिए । सन्दीपले त्यहाँ पनि राम्रो खेले । सबैजसो मिडियाले सन्दीपबारे राम्रो लेखे । 

प्रशंसा गरे । भारतीय मिडियाले  पनि सन्दीपको तारिफ गरे । 

अब सन्दीपले त्यसको क्रेडिट कत्तिको लेलान् हेरौं अप्रिल ६ देखि सुरु हुने आइपिएल । 

सन्दीपकै कारणले धेरैजसोलाई आइपिएल हेर्न वाध्य बनााएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ