arrow

कमल थापा बलियो र काँग्रेस कमजोर ? कि एमालेमा विलय ? 

logo
प्रकाशित २०७४ माघ १५ सोमबार
kamal-thapa-news.jpeg

काठमाडौं । नेपाली काँग्रेसले यसपटकको चुनावमा ठूलो हार बेहोर्यो । काँग्रेसीहरुको विष्लेषण छ यहाँभन्दा काँग्रेस कहिल्यै तल झर्ने छैन । विगत हेर्दा पनि काँग्रेस यत्तिको तल झरेको थिएन । 

पहिलो पटक प्रदेशको निर्वाचन भयो । काँग्रेसले सात प्रदेशमा सबैमा क्लिनस्वीप बेहोर्यो । प्रमुख प्रतिपक्षमा बस्ने मात्र हैसियत बनायो । 

पाँच दलमात्र राष्ट्रिय दलको मान्यता प्राप्त भएपछि काँग्रेस तेस्रो हुनुमा के ठूलो कुरो ? 

सम्भवतः त्यसैले होला राप्रपा अध्यक्ष कमल थापा हैसियत नाघेरै काँग्रेसलाई दोष दिइरहेका छन् । 

उनी काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका उपप्रधानमन्त्री हुन् । तर त्यही सरकारमै रहेर काँग्रेसलाई गाली गरिरहेका छन् । 

काँग्रेसकै कारण आफूहरुले हारिरहेको बताइरहेका छन् । उनले आफ्नै हैसियत कहिल्यै मापन गरेनन् । 

पार्टीभित्र सत्ता देशभक्त नेता एवं जहिल्यै थापाको नजिक भएर काम गरेका दिलनाथ गिरीलाई सरकारबाट बेइज्जत गरेर हटाए । 

सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दूरुपयोग अनुसन्धान आयोग सिरानी लगाएर मस्तसंग सुतिरहेको मौकामा नजाने उनले कहाँ कति सेटिङ गरे होलान् । 

पैसाकै खेल भएको गिरीले मन्त्री परिषद बैठकमै थापालाई आरोप लगाएका थिए । यति हुँदा पनि थापाको इज्जत गएन । 

राजसंस्थाको एजेन्डा बोकेर र हिन्दूराज्यको मन्त्र जपेर राजनीति गर्ने तर हरेक गणतान्त्रिक सरकार गठन हुँदा कम्युनिष्टहरुसंग बढी हिमचिम गर्दा थापालाई कुनै लाज भएन । 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी फुटाउन मद्धत गरेको भनेर आरोप लगाउँदा कुनै लाज भएन । 

तर पूर्वराजा पुस १३ गते नेपालगञ्ज भ्रमणमा गएका बेलामा ठूलो सोर्सफोर्स लगाएर ज्यूहजूरी गरी फेरि मलाई राजाको आशीर्वाद छ भनी बाहिर राजनीति गर्ने भाँडो बनाउन कुनै लाज लागेन । 

काँग्रेससंग मिलेर चुनावमा जाँदा हारियो भन्ने थापाको तर्क । उनले यसअघि स्थानीय तहमा के हैसियत बनाएका थिए ? 

राजाकै आड र भरोसामा अहिलेसम्मको करियर बनाएर थापाको साँच्चिकै हैसियत के ? 

एक राप्रपा नेता भन्छन्, ‘भोलि आफ्नै दाजुभाइ मात्र पार्टीमा हुन बेर छैन ।’ 

एकलौटी तानाशाही शैली अपनाउने कमल थापाले जति मत ल्याए त्यो पनि बढी हो । 

अर्को चुनाव हुन्जेल उनले थाहा पाउने छन् उनी कहाँ छन् । 

काँग्रेस आफै थला परेको छ । काँग्रेसले गर्दा चुनाव हारें भनेर के प्रमाणित गर्न खोजेको ? 

एक राप्रपा प्रजातान्त्रिकका नेताले विश्लेषणयुक्त जवाफ दिंदै भनेका छन्, ‘कमलजी अब एमालेमै गए राम्रो ।’

यो व्यङ्ग्य मात्र हैन यथार्थ पनि हो । थापाको हिमचिम बढी एमालेसंगै छ । सहकार्य र एकताको रटान एमालेसंगै छ । 

त्यसैले पनि एमालेमा विलय हुँदा नौलो हुँदैन । यसै पनि काँग्रेस त पञ्चहरुको अजात शत्रु । 

तर यतिधेरै आरोप लगाएर पनि त्यही काँग्रेस नेतृत्वको सरकारमा टाँसिने म्यान्डेट कमल थापाले कहाँबाट पाएछन् !

थापा अहिले मतदातालाई धन्यबाद दिंदै काँग्रेसका कारण हारेको भन्दै देश दौडाहामा छन् । एमाले नेतृत्वको सरकार बन्नुपर्ने भनिरहेका छन् । यो उनले भन्नुपर्ने विषय हो र ? 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ