arrow

एनएमबिको खुद मुनाफामा बृद्धि

logo
प्रकाशित २०७४ माघ १५ सोमबार
nmb-bank.jpg

काठमाडौं ।  एनएमबि बैंकले आ.व.२०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार एनएमबि बैंकले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा भन्दा खुद मुनाफामा ४३ प्रतिशत भन्दा बढिले बृद्धि गरी रु. १ अर्ब कटाउन सफल भएको छ ।

त्यसैगरी बैंकको आ.व.२०७४/७५ मा निक्षेप रु.८.६ अर्ब तथा कर्जा ६.६ अर्बले बढाएको छ । उच्च विक्तिय प्रगति प्रर्दशन गर्दै हाल बैंकको निक्षेप ८०.५५ अब पुगेको छ भने कर्जा ७०.९३ अर्ब पुगेको छ । सो अवधिमा बैंकले आप्नो निश्कृय कर्जालाई १.६७ प्रतिशत बाट झारेर १.२० प्रतिशत मा पुर्‍याएको छ ।

समिक्षा अवधिमा बैंकले उल्लेखनीय प्रगति हासिल गरेको छ । यसै गरि द बैकर, फाइनेनसियल टाइम्स लण्डन  बाट सन् २०१७ नेपालको लागि बैक अफ द इयर २०१७ लगायतका अवर्ड समेत प्राप्त गरेको छ ।
हाल एनएमबि बैंकको ९३ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ