arrow

यसरी बढाउँदै छ नागरिकसंग सेनाले सम्बन्ध 

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
nepal-army.jpg

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१०, तम्फुलास्थित सुख्खाग्रस्त गाउँमा नेपाली सेनाले धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ । 

यहाँ रहेको नेपाली सेनाको इन्द्रदल गुल्मले आफ्नो सैनिक नागरिक सम्बन्ध सुधार तथा जनहितका कार्यअन्तर्गत गाउँका सर्वसाधारणका लागि खानेपानीको धारा निर्माण गरिदिएको हो । 

गाउँवासीलाई सहज होस् भनेर बिस्कुने चौतारा अगाडिको याकुम्बामा धारा निर्माण गरिदिएको गुल्मपति सेनानी महेश्वर कार्कीले बताए ।

गुल्मका अधिकृतसहित पाँच दर्जनभन्दा बढी सेनाले आफैँ श्रमदान गरी धारा बनाएका थिए । धारा निर्माणका लागि स्थानीयवासी समेतले सहयोग पुर्याएका जनाइएको छ । 

धारामा वरिपरि प्लास्टर गरी धारा परिसरमा तारजालीले घेराबारासमेत गरिएको छ । धारा निर्माणपछि स्थानीयवासीसँगै बटुवालाई समेत सहजता हुने स्थानीय पदमबहादुर तुम्बाहाम्फेले बताए । 

जीर्ण अवस्थामा रहेको धारा सेनाले बनाइदिएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । 

यसअघि पनि इन्द्र दल गुल्मले जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक काम गरी नागरिकसँग सम्बन्धलाई सुमधुर बनाउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ