arrow

पेट्रोलियम पदार्थ आपुर्ति नगरे लाईसेन्स नै खारेज गर्ने प्रशासनको चेतावनी

logo
मधुसुदन भण्डारी,
प्रकाशित २०७४ माघ १६ मंगलबार
petrol-pump.jpeg

प्यूठान । प्यूठानमा रहेका पेट्रोल पम्पहरुले माग अनुसार पेट्रोलियम पदार्थ आपुर्ति नगर्दा कालोबजारी मौलाउँदै जानथालेपछि बजार अनुगमनलाई तिव्रता दिई आपुर्ति नगर्ने पम्पहरुलाई लाईसेन्स खारेज गर्ने सम्मको चेतावनी स्थानिय प्रशासनले दिएकोछ । 

प्यूठानको झिमरुक क्षेत्रमा रहेका पेट्रोल पम्पहरुले निर्माण व्यावसायिले डिजेल र पेट्रोलको रकम भुक्तानी नदिएको र पेट्रोलियम पदार्थ खरिद गर्दा परम्परागत नापको आधारमा खरिद गर्नुपर्ने र बिक्रि गर्दा डिजिटल नापतौल मिटरको अधारमा बिक्री गर्नु पर्दा घाँटा वेहोर्नु परेको भन्दै पेट्रोलिएम पदार्थ आपुर्तीमा समस्या भएको व्यावसायिहरुले बताउँदै आएकाछन् । 

जस्का कारण सेवाग्राहीले पम्प बाहिरका बजारमा मिनिरल वाटरको बोतलमा १ लिटरको एक सय पचास रुपैया सम्म तिरेर सवारी चलाउन बाध्यछन् । लुकीछिपी बजारका चोकहरुमा बोतलमा तेल पाईने तर पम्पमा तेल नपाईएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तिब्र बनाएको र गैर कानुनी रुपमा पेट्रोलियम पदार्थ बिक्री बितरण गर्नेलाई कडा कारबाही गरिने स्थानिय प्रशासनको भनाईछ । 

जिल्ला स्थित पेट्रोल पम्पहरुलाई जिल्ला प्रशासन कार्यालयले आपुर्ति सहज बनाउन निर्देशन दिएको जनाएकोछ । जिल्लाको माग अनुसार आपुर्तिमा कुनै समस्या नरहेको पनि प्रशासनले बताएकोछ । पेट्रोल व्यावसायिहरुको समस्या समाधानका लागि नेपाल आयल निगम र आपुर्ति व्यवस्था विभागसँग परामर्श दिई समस्याको समाधान गरिने भन्दै आपुर्तिमा आनाकानी गर्ने पम्पहरुको लाईसेन्सनै खारेज गरिने प्यूठानका प्रमुख जिल्ला अधिकारी डाक्टर कृष्ण बहादुर घिमिरेले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ