arrow

विवाह एउटाको ताण्डप अर्कैको : मदिराको मातमा झडप, एकको मृत्यु

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
Death-body-nepali-simbol.jpg.jpeg

ओखलढुङगा । विवाहको भोजमा मदिरा पिएपछि विवाद निम्तिदा एक व्यक्तिको मृत्यु भएको छ । झगडा बढ्दै गएपछि एक व्यक्तिको मृत्यु भएको हो ।

मोलुङ गाउँपालिका–७ पात्ले बस्ने लालबहादुर मगरकी छोरीको विवाह भोज कार्यक्रममा झगडा हुँदा २० वर्षीय कुमार मगरको मृत्यु भएको हो । झगडामा ५ जना घाइते भएका छन् ।

२३ वर्षीय पासाङ शेर्पा, २४ वर्षीय साङगे शेर्पा, २२ वर्षीय जिङमे शेर्पा, २६ वर्षीय टेण्डी शेर्पा, २० वर्षीय नाम्खा शेर्पा घाइते भएका हुन् ।

अर्को समूहका निज कुमार मगर, १८ वर्षीय कमल मगर, जनक मगरबीच मदिराको मातले विवाद निम्तिदाँ कुटपिटको घटना घटेको हो । कुमार, कमल र जनक घाइते भएका छन् ।

घाइते भएका कुमारको मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाईते २ जनाको उपचार भइरहेको छ । साङगे शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका दुई व्यक्तिहरुको खोजी भइरहेको ओखलढुङगा प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ