arrow

माओवादीबाट बन्ने मुख्यमन्त्री छान्ने जिम्मा केन्द्रीय सचिवालयलाई

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
maoist-head-quarter.jpeg

काठमाडौं । माओवादी केन्द्रले आफ्नो भागमा परेका मुख्यमन्त्री छान्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ ।

एमालेसँगको वाम समझदारी अनुरुप माओवादीले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने पक्का पक्की भएको छ । आफुलाई भाग परेका प्रदेश सरकारको नेतृत्वबारे पार्टी केन्द्रीय सचिवालय बैठकले टुंगो लगाउने बताइएको छ ।

पार्टीको प्रदेश कमिटी र प्रदेशको संसदीय दलको सिफारिसका आधारमा केन्द्रले नै  मुख्यमन्त्रीको टुंगो लगाउने प्रवक्ता पम्फा भूषालले बताएकी छन् ।

उनले भनेकी छन्, ‘प्रदेश कमिटी र प्रदेशको संसदीय दलको सिफारिस अनुसार केन्द्रीय सचिवालय बैठकले नै मुख्यमन्त्री लगायत अन्य पदको विषयमा निर्णय गर्नेछ ।’

एमालेसँगको वाम समझदारी अनुसार माओवादी केन्द्रले दुई प्रदेशको मुख्यमन्त्री र प्रदेश ४ र ५ सभामुख र प्रदेश १, ३, ६ र ७  प्रदेशमा उपसभामुख पाउने पक्का–पक्की भएको छ ।  

प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा जाँदा ६०–४० को भागबण्डा गरेका यी दुई दलले प्रदेश सभाको सिट बाँडफाँडमा ७०–३० भागबण्डा गरेका हुन् । सिट संख्याको आधारमा भागबण्डा गरेको एमाले नेताहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ