arrow

कांग्रेस नेताहरुको ओलीमाथि चुनौति, ३१ सालको जुत्तापालिस आन्दोलनको झल्को

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
jutta.jpg

काठमाडौं । २०३१ साल अघि सरकारले पत्रपत्रिका निकाल्न प्रतिबन्ध लगाएको थियो । त्यसपछि लेखन स्वतन्त्रता र प्रकाशन स्वतन्त्रताको पक्षमा शुरु गरिएको थियो बुट पालिस आन्दोलन । अब हामीले बुट पालिस गरेर बस्ने त भन्ने प्रश्न उठाउदै स्रष्टाहरुले त्यो कार्यक्रम सडकमा ल्याएका थिए । सो आन्दोलनमा शैलेन्द्र साकार कविताराम मोहन घिमिरे सन्तोष भट्टराई भाउपन्थी नारायण ढकाल धु्रव सापकोटा विश्वनाथ न्यौपाने काशीनाथ तमोट आदि थिए । 

नयाँ सडक पीपल बोटको रमागृहमा भएको यो आन्दोलन जनप्रिय भयो । यो आन्दोलन विश्वविद्यालयमा पनि चल्यो । आन्दोलनको एक दिन शैलेन्द्र साकारसँग बुट पालिस गर्न लगाउने व्यक्ति स्व बालकृष्ण सम थिए र जुत्तामा पालिस लगाइसकेपछि उनले साकारको हातमा शुभेच्छा सहित रु ५ राखिदिएका थिए । त्यही आन्दोलनले पछि मूर्त रुप पनि पाएको थियो ।

यही घटनाको झल्को दिने घटना देखियो मंगलबार काठमाडौंको नयाँ वानेश्वरमा । नेपाली काँग्रेसका केही नेताहरुले भ्रष्टाचार विरुद्धको शुद्धीकरण अभियानको रुपमा लिएको सो कार्यलाई पनि भविष्यमा कुनै आन्दोलनको रुपमा नामाकरण हुनसक्ला । तर, यो अभियानलाई जुत्तापालिस गर्ने नेताहरुले भने भ्रष्टाचार विरुद्धको अभियानको सुरुवात भनेका छन् । 

काँग्रेसका नेताहरुले यो अभियान सुरु गरेको अघिल्लो दिन अर्थात् सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो धनलाई प्रयोगमा ल्याउन दिनुपर्ने अभिव्यक्ति दिएका छन् । सोमबार भावी प्रधानमन्त्रीको रुपमा मानिएका ओलीको यो अभिव्यक्तिले देशमा कालोधनलाई पश्रय दिने र भ्रष्टाचार मौलाउने आशंका गर्न थालिएको छ । 
 
तर, ओलीको यो अभिव्यक्तिको भोलिपल्टै मंगलबार नेपाली काँग्रेसका युवानेताहरुले नयाँ वानेश्वर चोकमा विहान १ घण्टा सर्वसाधारणको जुत्तामापालिस लगाएर सो अभियानको सुरुवात गरेका छन्। यो अभियानले ओलीलाई त चुनौती दिएको छ नै भ्रष्टाचार विरुद्धको एउटा सशक्त आन्दोलनको सुरुवात हुने आशा पनि आम नेपाली जनतामा जगाएको छ ।  

नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरुले सर्वसाधारणको जुत्ता पालिस गरेबापत ३० हजार रुपैयाँ समेत संकलन गरेका छन् । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले संयोजन गरेको सो कार्यक्रममा दर्जनौ सर्वसाधारणले जुत्तामा पालिस गर्न लगाएका थिए । नेता धनराज गुरुङले हाम्राकुरासँगको कुराकानीका क्रममा भ्रष्टाचार विरोधी अभियानमा लागेका नेता किसुनजीको बाटोमा हिँडेको प्रतिक्रिया दिए । भट्टराईले एक गरिब बाल कांग्रेसलाई , ‘स्कूल जाने पैसा नभए दिनको एक घन्टा शहरको चोकमा बसेर जुत्ता पालिस गर १’ भन्ने सुझाव दिएको स्मरणमा उनीहरुले भ्रष्टाचार विरुद्धको शुद्धीकरण अभियान सुरु गरेको जानकारी दिए ।

अहिलेको राजनीति थाम्नै नसकिने भ्रष्ट भएको भन्दै नेता गुरुङले यो नेपाली काँग्रेसका युवा नेताहरुको शुद्धीकरण अभियानको सुरुवात रहेको स्पष्ट पारे । अब भ्रष्टाचार विरोधी गतिविधिहरुको आफूहरु भण्डाफोर गर्दै हिँड्ने योजना पनि उनले सुनाए । शहीद दिवसकै दिन चाहिँ किन यस्तो ? भन्ने प्रश्नमा गुरुङले अहिले नेपालका नेताहरु शहीदले देखाएको भन्दा भिन्दै बाटोमा हिँड्न थालेकोले आफूहरुले शहीद दिवसकै दिन आफूहरुले यो अभियानको सुरुवात गरेको स्पष्ट पारे । पालिस गरेबापत जम्मा भएको ३० हजार रुपैयाँ प्रतिष्ठानको खातामा नै जम्मा गरिएको छ । यसले विभिन्न सामाजिक काम गर्ने पनि काँग्रेस नेताहरुले जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ