arrow

सहिद दिवसको अबसरमा 'कौडिन्यको क्वाँटी' बिमोचन

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ माघ १६ मंगलबार
bimochan.jpg

पुनर्वास । कञ्चनपुरको दक्षिणी भेग पुनर्वासमा कर्मभुमी बनाएर निरन्तर साहित्य साधनामा लागेका कबि गणेश दत्त न्यौपाने कौडिन्य द्वारा लिखित "क्वाँटी"कबिता संग्रह सहिद दिवसको अबसरमा मंगलबार बिमोचन भएको छ ।

मोफसलमा बसेर कवि कौडिन्यले नेपाली साहित्यमा प्रत्येक वर्ष कृति सृजना गर्ने गरेका छन । राजधानी भन्दा निक्कै दुरीको बस्तीमा सरकारी सेवा सुबिधा बिनै कवि कौडिन्यले ११ औं कृतिका रुपमा "क्वाँटी"सृजना गरेका हुन । तनहुँको स्यामघामा जन्मिएका कौडिन्य बाल्यकाल देखि नै साहित्य साधनामा लागेका हुन । 

बाल्यकाल देखि फुटकर कबिता रच्दै आएका कवि कौडिन्यको साहित्यिक यात्रा छिप्पिएको उमेर संगै निखारिदै बढ्यो । कबिता,गजल,विद्यामा निपुर्ण कौडिन्यको सृजना झाँगिदै गयो । २०५६ मा "आमाको गुनासो" कबिता संग्रह नामक कृति रचेर सुरु भएको उनको साहित्यिक यात्रा अबिरल चल्दै "क्वाँटी"एघारौं कृति सम्म पुगेको छ । 

मंगलबार सहिद दिवसको अबसरमा कवि कौडिन्य निवासमा आयोजित बिमोचन समारोहमा उनको एघारौं कृति क्वाटीको बिमोचन गरिएको हो । पुनर्वासबाट प्रकाशित हुने नवज्योति साहित्यिक द्विमासिक पत्रीकाका प्रधान सम्पादक तथा ज्योती पुस्तकालयका अध्यक्ष रामचन्द्र नेपालको सभापतित्वमा आयोजित बिमोचन सभाका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिस्ठान परिषदका सदस्य बासुदेव पाण्डेय र विशिष्ट अतिथी सुदुरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशिले संयुक्तरूपमा  "क्वाटी"को बिमोचन गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ