arrow

‌ओलीको चिठीले मोदीको 'दिल खुस'  

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
modi-7591.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं भावी प्रधानमन्त्रीका रुपमा हेरिएका केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गणतन्त्र दिवसको दिन पठाएको पत्रलाई लिएर भारतीय सञ्चारमाध्यममा ओली भारतको आलोचकबाट समर्थक बनेको प्रसंग उठाईएको छ ।

भारतबाट प्रकाशित हुने हिन्दूस्तान टाईम्स अनलाईन संस्करणमा पछिल्लो निर्वाचनबाट विजयी बनेको बाम गठनबन्धन र सबैभन्दा ठूलो दलका नेता केपी ओलीले भारतसँग मिलेर काम गर्न आफू उत्साहित रहेको पत्र मोदीलाई पठाएसँगै उनको आडम्बरयुक्त अडानको अन्त्य भएको उल्लेख गरिएको हो । यो पत्रपछि भारतीय प्रधानमन्त्री मोदीको पनि दिल खुस भएको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

चुनाव अघि भारत प्रति आक्रामक बनेर जनताको म्याण्डेड जित्न सफल भएका ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा नतिजा आईसकेपछि भारतप्रति एकाएक नरम बन्न थालेपछि देश तथा विदेशमा समेत यस प्रति चर्चा र चासो बढ्न थालेको छ । 

भारतको ६९ औं गणतन्त्र दिवसका अवसरमा भारतीय प्रधानमन्त्री मोदीलाई लेखेको चिठीमा ओलीले आफू भारत सरकारसँग सहकार्य गरेर अघि बढ्न तत्पर रहेको उल्लेख गरेका छन् । ओलीले अंग्रेजीमा लेखेको चिठीमा दुई देशको सम्बन्धबारे पनि केही कुराहरु खुलाइएको छ ।
 
गणतन्त्र दिवसकै अवसरमा नेपालस्थित भारतीय राजदुतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा भने ओली उपस्थित भएनन् । तर, भोलीपल्ट दुतावासले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा भने ओली पुगेका थिए । त्यो समारोहमा ओली नेपालका लागि भारतीय राजदूत मञ्जीवसिह पुरीसँगै कुम टाँसेर बसेका थिए ।

आउँदो बिहीबार मात्रै भारतीय विदेशमन्त्री सुष्मा स्वराज मोदीको विशेष दुत बनेर दुई दिने नेपाल भ्रमणमा आउँदै छिन् । भ्रमणका क्रममा स्वराजले ओली लगायत अन्य नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ