arrow

पदमै रहेर सशक्त ढंगले आन्दोलन गर्न धनकुटेली कांग्रेसलाई विश्वप्रकाश शर्माको सुझाव 

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
dhankuta2.jpg

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस धनकुटाका जिल्ला तथा स्थानीय तहका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु भातृ तथा सुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरुले दिएको राजिनामाको विषयमा राजिनामा दिएका पदाधिकारीहरुसंगको छलफल तथा अन्तक्र्रियामा पदमा नै रहेर धनकुटा र धनकुटेलीको पक्षमा अझ सशक्त ढंगले आन्दोलनमा लाग्न आग्रह गरेका छन् । 

उनले पदमै रहेर कांग्रेसलाई बदल्न र अन्याय र अपमानको विरुद्धमा आवाज उठाउँदै नेतृत्वलाई सच्याउँदै पार्टीलाई क्रियाशिल र सशक्त बनाउन खाँचो रहेको समेत बताए । 

नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले प्रदेश प्रमुख नियुक्तसंगै प्रदेश प्रमुखको मुकाम तोक्दा  सबै किसिमले उपयूक्त र भौतिक पूर्वाधारले सम्पन्न धनकुटालाई प्रदेश नम्वर १ को प्रदेश प्रमुखको मुकाम नतोकी अन्यन्त्र तोकेकोमा धनकुटालाई अन्याय भएको भन्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला तथा स्थानीय तह कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु भातृ र शुबेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरुले राजिनामा दिएका थिए ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,निर्वतमा सभापति मनोहनर नारायण श्रेष्ठ, सचिव विजय सन्तोषी राई, नेपाल प्रेस युनियनका केन्द्रिय सभासद राजेश्व वहादुर श्रेष्ठ लगायत नेपाली कांग्रेसका पदाधिकारी तथा सदस्यहरुले प्रवक्ता शर्मा र नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई ज्ञापन पत्र दिदै राजिनामा दिनु पर्ने कारणहरु वारेमा जानकारी गराएका थिए । 

 छलफल तथा अन्तक्र्रियामा नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र मुख्य सचिव पौडेलले राजिनामा दिएका सवैलाई राजिनामा फिर्ता लिई कांग्रेसकै पदमा रही धनकुटा र धनकुटेलीहरुको न्याय र विकासका लागी अझ धेरै सक्रिय भएर लाग्न र नेपाली कांग्रेसलाई सुदृढगरी बदल्न समेत लाग्न आग्रह गरे ।

 नेपाली कांग्रेस धनकुटाका पदाधिकारी लगायत प्रतिनिधि मण्डलले पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवालाई  १ नम्वर प्रदेश प्रमुखको मुकाम धनकुटामा नराख्ने निर्णय गरेर धनकुटालाई अन्याय गरेको कारण राजिनामा दिएकोको वारेमा र अन्य धनकुटाको विकास र संगठनको वारेमा जानकारी गराई छलफल गर्न भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस धनकुटाका सचिव  विजय सन्तोषी राईले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ