arrow

ग्रहणपछि ब्राह्मणलाई दान : त्रास देखाएर शोषण गर्ने काइदा कि टिचरलाई स्यालरी ? 

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
khagras-chandra-grahan1.jpg

काठमाडौं । वुधबार (आज) साँझ ग्रहण लाग्दैछ । ग्रहण लाग्ने खबरसँगै, धर्मशास्त्रीय विधानको फेरो समातेर गर्न हुने र नहुने काम कर्मको विवरण पनि आएको छ । ग्रहणको बेला सुत्नेदेखि खानपिन, मलमूत्र त्याग र कामक्रीडा गर्न नहुने ।

ग्रहणका बेला बच्चा जन्मिएमा पनि अरिष्टयोग लाग्ने हुँदा स्वस्तिशान्ति गराउनु पर्ने । घरमा भएका अचार, दूध, दही आदि खाद्य पदार्थमा कुश राख्नुपर्ने । दान र जप गरेमा पुण्य पाइने । पवित्र नदी तथा तलाउमा स्नान गर्नु पर्ने । अनि ग्रहण सकिएको भोलिपल्ट बिहान ब्राह्मणहरूलाई दान दिनुपर्ने ।

ब्राह्मणलाई नै दान किन ? 
पुरातन कालको बर्ण व्यवस्था अनुसार सबैको आ आफ्नो कर्म तोकिएको । वर्ण व्यव्स्था गुण र कर्म अर्थात पेशा र स्वभावमा आधारित थियो । कालान्तरमा यो व्यवस्था जातीमा बदलियो । जातीय व्यवस्थाको आधार जन्म हो ।  हाम्रो समाजको सबैभन्दा ठूलो स्खलन त्यहाँ भयो । 

धर्मशास्त्रका ज्ञाता डा. चिन्तमणि योगी भन्छन् “वर्ण व्यवस्थामा आवश्यकताको सिद्धान्त अनुसार पेशाको बर्गीकरण भयो । त्यही बेला ब्राह्मणले ज्ञान गुनको काम मात्रै गर्थे । आर्थात् पढ्ने र पढाउने । अहिले शिक्षकलाई तबल दिए जस्तै हो, त्यो बेला ब्राह्मणलाई दान दक्षिणा दिने । तर समाज परिवर्तनसँगै सबै वर्णका मान्छेले अहिले ज्ञान गुन र शिक्षा दिक्षा दिन सक्छन्, त्यसैले ब्राह्मणलाई मात्रै दान दिनुपर्छ भन्नु अब सुहाउँदो छैन । 

समाजशास्त्री कृष्ण भट्टचन भन्छन्, शास्त्रको हवला दिँदै ग्रहणपछि ब्राह्मणलाई दान दिनुपर्छ भन्नु ब्राह्मणबादको अर्को एउटा कुरुप रुप हो । 

परापूर्व कालमा पानी नचल्ने जातसँग शारीरिक सम्बान्ध राखेमा, खानेकुरा खाएमा राजाले दण्ड दिने गर्थे । तर त्यो निर्णय राजाको भन्दा धर्माधिकारीको नाममा बाहुनकै काम थियो ।

खासमा राजासँग शक्ति सम्पत्ति सबै भएपनि चतुर्‍याइँ गरेर बाहुुनहरुले धार्मको आड लिँदै आफुाई राजाभन्दा पनि माथि राख्न थालेका । उनीहरुले राजादेखि जन्तासम्मलाई पनि धर्मका त्रास देखाएर नियन्त्रणमा राखेका हुन् । उनी भन्छन्, “जुन बेला मान्छेलाई अप्ठेरो पर्छ त्यो बेलामा त्रास देखाएर आर्थिक र भौतिक शोषण गर्ने गरिन्छ । ग्रहणपछि दान दिनुपर्छ भन्ने कुरा पनि त्यही हो । पहिलो त नबुझेर त्रास बढी छ । त्यसमा उनीहरुले अझै डर थपिदिएका छन् ।'' भट्टचनको तर्क छ, ''ग्रहणको बेला बाहिर निस्कन हुन्न भनेपछि त्यो बेलामा दान माग्ने कुरा भएन । जीविका त बनाउनुपर्‍याे । बसीबसी खानु प्‍ार्‍याे । त्यसैले उनीहरुले डर थपेर पैसा थूत्ने चाल हो, यो त शोषण हो। ''



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ