arrow

सच्चा सहिदको उपहास भएको गुनासो 

logo
रामचन्द्र रायमाझी 
प्रकाशित २०७४ माघ १७ बुधबार

 पाल्पा । प्रजातन्त्र स्थापनामा योगदान पु-याएका सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १० गते देखि १६ गते सम्मलाई सहिद सप्ताको रुपमा मनाउने गरिन्छ । 

सरकारी उच्चपदस्थ कर्मचारी , प्रधानमन्त्री, मन्त्री, सेना, प्रहरी र विभिन्न संघसस्थाहरुका प्रमुखहरु सहिद स्मारक पुगेर पुष्पगुच्छाले श्रद्धाञ्जलि अर्पण गर्छन् । 

माघ १६ गतेका दिन मुलुक भर नै विभिन्न संघ संस्थाहरुले सहिद प्रति दिप प्रज्वलन गरि मनाउदै आएको पाईन्छ । 

‘कर्मकाण्डी’ का रुपमा मनाइँदै आएको यो दिवसलाई सत्तापक्ष, सुरक्षा निकाय , सरकारी कर्मचारीले मात्रै औपचारिकता दिदैं आएका छन् । मंगलवार पनि पुरानै परम्परालाई धान्न सहिद स्मारक पुगेर श्रद्धाञ्जलि दिए । 
सहिदहरुले जुन कारणले आफ्नो जीवन उत्सर्ग गरे त्यो अहिलेसम्म पूरा भएको छैन । अझ पछिल्लो सयममा आएर सहिद उपमा राजनीतिक दलले कमाई खाने भाँडोका रुपमा प्रयोग गर्दै आएको इतिहासकार निर्मल श्रेष्ठले बताउँछन् । 

श्रेष्ठ भन्छन् , ‘देशमा प्रजातन्त्र ल्याउन सहिदले जीवन उत्सर्ग गरे । तर अहिले लोकतन्त्र हुँदै गण्तन्त्र आइसक्यो, जनतामा निराशा बढ्दो छ, राजनीतिक दलले सहिद उपमालाई गलत व्याख्य गरेर पार्टीपिच्छे सहिद घोषणाले उनीहरुको अपमान भइरहेको छ ।’ 

राणाशासन विरुद्ध वलिदान दिने सहिदको भावनालाई सरकारले कदर गर्नु पर्ने र अरुले पनि उनीहरुलाई बिर्सन नहुने श्रेष्ठले बताए । 
 पछिल्लो समयमा राजनीतिक दलले सहिद उपमालाई व्यवसाय बनाउँदै पैसा कमाउने भाँडोको रुपमा प्रयोग गर्न थालेको पाईन्छ ।  

यहाँ पार्टीपिच्छे सहिद छन् । सहिदको अबमूल्यन यहीँबाट सुरु भएको पाईन्छ ।  चार जना अमर सहिद, जनआन्दोलनमा मारिएका अर्को थरी सहिद र सडकमा प्रहरीका गाडीले हानेर मारिएकालाई पनि सहिद घोषणा गरिएको छ, यसरी कसलाई सहिद मान्ने भन्ने कुरामा जनता अन्यौलमा छन् । 

सरकारले राजनीतिक आस्थाका आधारमा मनपरी घोषणा गर्दा अहिले सहिद नै उपहासको पात्र बन्न पुगेका छन् । 

गुल्मी मुसिकोटका नवराज कार्की भन्छन्, ‘चार जना अमर सहिद जसले राणाशासन अन्त्य गरी राजतन्त्र स्थापित गर्याे, जनआन्दोलनका सहिदले राजतन्त्र फालेर लोकतन्त्र ल्याउन मलजल ग¥यो, उनैको आज अपमान भएको छ ।’ 

उनले भने ‘तराई आन्दोलनका क्रममा मारिएका पनि सहिद छन् , अब कसलाई सहिद भन्ने ?,’  

गाडीमा परेर दुर्घटना भएर, करेन्ट लागेर मरेका व्यक्तिलाई पनि सहिद मानिएकोमा उनले आपत्ति जनाए । 

सरकारले मनपरी सहिद घोषणा गर्दा वास्तविक सहिदको अपमान भएको कार्कीले बताए । 
सहिद दिवसलाई पछिल्लो समयमा परम्परा धान्ने कार्यको रुपमा लिएको पाईन्छ । जसरी सहिद प्रति सच्चा सुमन हुनुपर्ने हो, सहिदले देखाएको बाटोमा जानुपर्ने हो त्यो हुन सकिरहेको छैन । 

सहिद दिवसका दिन औपचारिक कार्यक्रम गरे सहिदको सपना पुरा हुन सक्दैन । पार्टीपिच्छे सहिद भएर पनि यो दिवस कर्मकाण्डी बन्न पुगेको छ । 

जब सम्म सहिदको सपनालाई पुरा गर्ने दिशातर्फ लागिदैंन तब सम्म यो दिवस कर्मकाण्डी बाहेक अरु केही हँुदैन ।    
       
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ