arrow

भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिहिवार नेपाल आउदै

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
sworaj-news.jpeg

काठमाडौँ ।  भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा बिहिवार अपराह्न विशेष विमानबाट यहाँ आउने भएकी छन् ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

साथै उनले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्नुहुने परराष्ट्र मन्त्रालयले बुभवार एक विज्ञप्तिमार्फत जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ