arrow

पुनर्वासको आनन्दबजार घटनाको ११ महिना : नेपाली बजार सुनसान, भारतीय बजार बसहीमा ग्राहकको घुइँचो

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ माघ १७ बुधबार
punarbas2.jpg

पुनर्वास । कञ्चनपुरको पुनर्वास स्थित नेपाल-भारत सिमा बिवादको  घटना भएको एघार महिना देखि ग्राहकको अभावमा आनन्दबजार सुनसान बनी रहँदा भारतीय बसही बजारमा भने नेपाली ग्राहकको घुइँचो लाग्दा नेपाली अर्थतन्त्र टाट पल्टिने अवस्था देखिएको छ ।

नेपाल-भारत सीमा नजिकै रहेको खोलामा कल्भर्ट निर्माणको बिषयमा बढेको बिवाद झडपको स्थितिमा पुग्दा स्थानिय गोबिन्द गौतमको भारतीय एसएसबीको गोलि प्रहारबाट ज्यान गए पछि प्रशासनले आवागमनमा लगाएको रोक अझै खुलेको छैन ।

बिवादित उक्त बाटोबाट नेपाल-भारत आवागमनमा प्रशासन द्वारा लगाइएको रोक एघार महिना सम्म नखुल्दा आनन्दबजार सुनसान हुँदा ब्यबसायी पलायन  हुदै गएका छन् । आनन्दबजार स्थित उक्त बिवादित कल्भर्टको बाटो बाट मात्रै आवागमन एघार महिना देखि भएको  छैन ।

हाल सम्म बिवादित अवस्थामै रहेको आनन्दबजार देखि २ सय मिटर पुर्व र पश्चिमको बाटो बाट भने आवागमन भइ रहदा नेपाली बजारको अर्थतन्त्र चौपट भएको छ ।

उता सीमावर्ती भारतीय बजार बसहीमा भने पुनर्वास र आसपासका नेपाली ग्राहकहरु खुलेआम दैनिक लाखौंको किनमेल गर्दै आएका छन् । तर आर्थिक मार नेपाली बजार आनन्दबजारले मात्रै खेपी रहेको छ । सीमा बन्द नै हुने भए किन जाँदै छन् त नेपाली सीमा पारीका बजारमा होइन भने आनन्दबजारले मात्रै किन भोग्ने आर्थिक क्षेती यतिबेला सीमावर्ती नेपाली बजारका स्थानिय यस्तै प्रश्न उठाउने गरेका छन ।

गत फागुन २६ गते भएको सीमा बिवादको झडप पछि केही समय सुनसान बने पनि अहिले बजारमा किनमेलका लागि नेपाली ग्राहक साबिकै संख्यामा आउने गरेको बसहीका व्यापारी संजय सिहले बताए । केही दिन व्यापार ठप्प रहे पनि अहिले व्यापार सप्रेको बसहिका अर्का व्यापारी सन्तोषले बताए । अन्यत्रको बाटो भएर दैनिक नेपाली ग्राहक बसही बजारमा आउने गरेको उनले बताए । साबिक अनुसारमै व्यापार भइ रहेको भारतीय व्यापारी हरु बताउछन ।

भारतीय बजारको कारोबार उल्लेख्य बढे पनि नेपाली सीमावर्ती बजार आनन्दबजारको व्यापार ओरालो लागेको छ ।  ग्राहक आउनै छाडे पछि व्यापार टाट पल्टन लाग्दा अधिकाँश ब्यापारी बजारबाट पलायन हुन थालेको स्थानिय बताउछन ।

सीमा घटनाको प्रत्यक्षदर्शी बनेको आनन्दबजारमा दुई दर्जन भन्दा बढी पसल बन्द भइ सकेका छन्  । बचेका केही ब्यापारीले भने ग्राहक आउने झिनो आशले पसल खोल्दै आएका छन । गत वर्षको फागुन २६ को घट्ना पछि सशस्त्र प्रहरीको पोष्ट स्थापित भए पनि यहाँको व्यापार ब्यबसाय फस्टाउन सकेको छैन । तर भारतीय बजार किनमेलमा जानेहरूको लर्को पनि थामिएको छैन ।

बिगतमा दैनिक ८-१० हजार बिक्री हुने गरे पनि घटनाको एघार महिना देखि मुस्किलले हजार पन्ध्र सयको बिक्री हुने गरेको किराना व्यापार गर्दै आएका शेरबहादुर मगरले बताए । उनी भन्छन सीमा पारीको बजार जान बन्द छैन तर नेपाली बजारमा कोहि नआउने यसले व्यापारी मर्दै छ राजश्व घाटा हुदैछ ।

त्यसरीनै आनन्दबजारमा व्यापार ब्यबसाय गर्दै आएका उत्तम चन्द भन्छन् सीमामा देखिएको बिवादको निकास निकाल्न कसैले चासो नदिदा आनन्दबजारका व्यापारी सबै भन्दा बढी मर्कामा परेका छन । कि त सबै ठाँउका नाका बन्द हुनु पर्छ होइन भने यहाँ मात्रै किन बन्द ? यसले नेपाली बजार डुब्दै छ । सीमको बिवाद सल्टाएर आनन्दबजार-बसहीको बाटो सुचारु गराउन सम्बन्धित पक्ष लाग्नु पर्ने  चन्द बताउछन् ।

सोही बजारमा नास्ता पसल चलाउदै आएकी असर्फी शाही भन्छिन सीमाको बिवाद पछि रोकिएको आवागमनले नेपाली बजार संकटमा परेको छ । नेपाली ग्राहकहरु अन्यत्रको बाटो प्रयोग गरि बसही जाँदै छन् खाली यहि बाटो मात्रै बन्द भए पछि यहाँ व्यापार घाटा बढेको छ । यस्तो हुनु भन्दा आनन्दबजार -बसहीको बाटो खुल्नु पर्ने शाही बताउछिन् ।

कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासको सिमावर्ती आनन्दबजार देखि भारतको बसही बजार जाने बाटोमा पर्ने काँक्रे खोलामा कल्भर्ट बनाउने क्रममा भएको बिवाद झडपको अबस्थामा पुगे पछि स्थानिय युवा गोबिन्द गौतमको ज्यान गएको थियो । मृतक गौतमलाई सरकारले सहिद घोषणा गरेको थियो । तर सिमानामा देखिएको बिवाद सुल्झाउन सरकारी पक्षको उदासिनता संगै नेपाली बजारको भविश्य अन्यौल बनेको छ । घटनाका एघार महिना भइ सक्दा समेत सीमाको बिवाद सुल्झाई आवागन सुचारु हुन नसक्दा आनन्दबजार रोइ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ