arrow

सामाजिक परिचालकको आन्दोलनमा प्रहरी हस्तक्षेप, डीएसपी आफैले हात हाले

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
DSP.jpg

काठमाडौं। मंसिर १४ गते सरकारले खालीहात विदा गर्ने निर्णय गरेपछि आन्दोलित भएका सामाजिक परिचालकको जुलुसमाथि प्रहरीले बल प्रयोग गरेको छ। काठमाडौंको बिजुलीबजार नजिकै जुलुसमा प्रहरीले लाठीचार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् भने थुप्रै पक्राउ परे।

सिंहदरबार वृत्तका प्रहरी नायव उपरीक्षक डीएसपी अपिलराज बोहोराले प्रदर्शनमा रहेकी महिला सामाजिक परिचालकलाई लछार–पछार गरे । डीएसपीले नै हात हाल्दा स्थिति तनाबग्रस्त बन्यो । उनले आफुले हातहालेको दृष्य खिचेको भन्दै पत्रकारको मोबाइल समेत खोसे ।

डीएसपीले नै लछारपछार गरेपछि नुवाकोटकी सुनिमा थिङ् घाइते भएकी छन् । उनको उपचार भइरहेको छ । सामाजिक परिचालक आन्दोलन परिचालन समिति संयोजक मनिसा विमलीले हाम्राकुरालाई भनिन्, ‘हाम्रो १५–१६ जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ । डीएसपीले नै हातहालेर हाम्रो एक महिला साथीको पोते छिनाइदिनु भएछ । हाम्रा साथीहरु घाइते भएका छन् ।'

मंसिर १४ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सामाजिक परिचालकहरुको कार्य सम्पादनको मूल्यांकन गर्दै सम्मानका साथ विदा गर्ने निर्णय गरेको थियो ।

सरकारको यो निर्णयकाविरुद्ध सामाजिक परिचालकहरु सडक आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले स्थानीय निकायमा विगत ९ वर्ष सामाजिक परिचालन गरेको मूल्याङ्कन नभएको भन्दै सरकारी निर्णयको निरन्तर विरोध गरिरहेका छन् भनेस्थानीय तहमा योग्यता र उमेरको हदबन्दी नलगाई कर्मचारीसँगै समायोजन गर्न माग गरेका छन् । उनीहरुले सडक आन्दोलन थालेको १८ दिन वितेपनि सरकारले कुनै प्रतिक्रिया दिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ