arrow

व्यवसायिक भवनबारे सेना बोल्यो : व्यवसायिक इमान्दारितामा सम्झौता हुँदैन 

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
nepal-army-logo.jpg.jpeg

काठमाडौ‌ं । नेपाली सेनाले महांकाल स्थित त्रि–चन्द्र मिलिटरी अस्पताल भवनको विषयमा आएका विभिन्न समाचार र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार सेनाले विज्ञप्ती जारी गर्दै नेपाली सेनाले आफ्नो व्यवसायिकतालाई सम्झौता गरेर त्यस्तो भवन निर्माण नगरेको स्पष्ट पनि पारेको छ । 

सेनाले सो स्थानमा प्रारम्भमा ‘जि प्लस चौध’ तल्लाको भवन निर्माण गर्ने योजना गरिएकोमा भुकम्पीय जोखिम न्यूनिकरण तथा सुरक्षा संवेदनशीलतालाई समेत दृष्टिगत गरी प्राविधिकहरुबाट डिजाईनमा पुनरावलोकन गर्दै मिति २०७३ जेष्ठ २० गतेको सैनिक कल्याणकारी कोष संचालन तथा व्यवस्थापन समितिको बैठकबाट निर्णय भएनुसार ‘जि प्लस सात’ तल्ले भवन निर्माणको अन्तिम चरणमा रहेको तथा नक्सा र डिजाईन बारे सम्बन्धित निकायसँग समन्वय भईरहेको जनाएको छ । 

नेपाली सेनाको कल्याणकारी कोष, सकलदर्जाका सैनिकहरुको शान्ति सेनामा सहभागिता वापत आर्जित रकमको केही भाग संकलन गरी संचालन भएको, एवं कोषको अन्य आय श्रोत नभएको हुँदा आय आर्जनको श्रोत विविधिकरण गर्न सक्ने व्यवस्था सैनिक सैनिक ऐन २०६३ को दफा २ को (द) र दफा ३१ को (ङ) तथा सैनिक कल्याणकारी कोष नियमावली २०६५ मा उल्लेख भए अनुसार कल्याणकारी कार्यहरुको निरन्तरताको लागि निर्माणाधिन भवनको केही भाग आयमूलक कार्यमा उपयोग गर्न लागिएको भन्दै सेनाले त्रि–चन्द्र मिलिटरी अस्पतालले चर्चेको भाग अस्पतालको ऐतिहासिक मर्म र अस्तित्व कायम रहने गरी निर्माण सम्पन्न भए पश्चात सैनिक कल्याणकारी योजनाका हिताधिकारीहरुको स्वास्थ्योपचार कार्य मै प्रयोग गरिने जनाएको छ । 

बहालवाला तथा अवकाशप्राप्त सैनिक र आश्रित परिवारको लागि संचालित छाउनीस्थित श्री वीरेन्द्र सैनिक अस्पतालको बेड संख्या ४९३ लाई बढाई ६३५ पु¥याईएको र सोही हाताभित्र थप सुविधा सहित अत्याधुनिक परिवार वहिरंग भवन (फेमेली ओपिडि विल्डिङ) संचालनमा आईसकेकोले दुई स्थानमा अस्पताल संचालन हुँदा जनशक्ति र उपकरणलाई दृष्टिगत गरी आर्थिक भार बढ्न जाने भएकोले निर्माणाधिन भवनको केही भाग प्रतिस्पर्धात्मक रुपमा आयमूलक कार्यको लागि प्रयोग गरी प्राप्त आम्दानीको सदुपयोग गर्न खोजिएको सेनाले जनाएको छ ।

सेनाले औषधोपचार सेवा सुविधालाई क्रमश विकेन्द्रिकरण गर्दै लैजाने योजना अनुरुप प्रदेश नं. ५ को नेपालगञ्जमा, प्रदेश नं. ४ को पोखरा र प्रदेश नं. १ को इटहरीमा क्षेत्रिय सैनिक अस्पताल निर्माण कार्य भईरहेको जनाएको छ । साथै प्रदेश नं. २ र ७ मा समेत सेवा विस्तार गर्ने योजना रहेको छ । जसले गर्दा हिताधिकारीहरुलाई उपचारको लागि केन्द्रमा धाईराख्न जरुरत नपर्ने विश्वास व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ