arrow

यस्तो छ प्रदेश नं ३ को संसद अधिवेशनको कार्यसूची 

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
anuradha.jpg

हेटौंडा । प्रदेश नं ३ को प्रदेशसभाको बिहीबार हुने अधिवेशनका लागि कार्यसूची तयार गर्न बुधबार साँझ बसेको सर्वदलीय बैठकले पाँच वटा विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतीबाट निर्णय गरेको छ । 

सो सर्वदलीय निर्णयले प्रदेश प्रमुख अनुराधा कोइरालाले आह्वान गरेको ऐतिहासिक प्रदेशसभाको अधिवेशनसम्बन्धी सूचनाको विवरण प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रस्तुत गर्नेछन् ।  

यसैगरी सोही सर्वदलीय बैठकले बिहिबार १८ गते बस्ने प्रदेशसभाको ऐतिहासिक अधिवेशनमा सात वटा दलको तर्फबाट बोल्ने प्रदेशसभा सदस्य र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यलाई बोल्नेक्रम र समय निर्धारण गर्ने सूची तयार गरिएको छ । 

सोही सर्वदलीय बैठकले प्रदेशसभाको अधिवेशनमा सभामुखको अनुपस्थितिमा कार्य सञ्चालन गर्न प्रदेश सदस्यहरुको तर्फबाट सदस्य मनोनित गर्ने निर्णय गरेको छ । 

यसैगरी उक्त बैठकले प्रदेशसभाको अधिवेशनमा अन्तरिम कार्यविधिको सूची प्रस्तुत गर्ने निर्णय गरेको छ । 

सोही बैठकले प्रदेशसभा सभामुखका लागि यही माघ २९ गते निर्वाचनको मिति तोक्न बिहिबार बस्ने प्रदेशसभाको अधिवेशनमा प्रस्ताव प्रस्तुत गरिने ३ नं प्रदेशसभा सदस्य डोरमणि पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ