arrow

धम्कीको आरोप पुष्टि गर्न प्रधानन्यायाधीशको चुनौती

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
gopal-parajuli.jpg

काठमाडौं ।  प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफूमाथि लागेको धम्कीको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । 

पछिल्ला दिनमा आफूमाथि आधारहीन आरोप लगाउने सिलसिलाबद्ध प्रयास भइरहेको उनको दाबी छ ।

 ‘अहिलेको दुष्प्रचार ममाथि आधारहीन आरोप लगाउने शृंखलाको नयाँ अध्याय मात्र हो । मैले वा कुनै पनि संवैधानिक पदाधिकारीले कसैलाई ज्यानमार्ने धम्की टेलिफोनमा दिएको भए, त्यसको रेकर्ड, प्रमाण पनि होला,’ पराजुलीले भने, ‘यदि आरोप लगाउनेले, अन्य कसैले वा टेलिकमले प्रमाण देखाउन सके म सार्वजनिक जीवनबाट सन्न्यास लिएर जुनसुकै प्रायश्चित गर्न तयार छु । आधारहीन आरोप लगाउने संस्कृतिले क्षणिक उत्तेजनाबाहेक कसैलाई केही दिन सक्दैन ।’

यसअघि वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश पराजुलीबाट आफू असुरक्षित रहेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । 

उनले सीडीओ कार्यालयमा सुरक्षाको माग गरेका छन् । पराजुलीले ‘ज्यानमार्ने’ भन्दै धम्की दिएको दाबी भण्डारीको छ । उनले डा। गोविन्द केसीको विषयमा सर्वोच्च अदालतमा बहसपैरवी गरेको आधारमा प्रतिशोध साँधी पुस २६ गते साँझ र गत बिहीबार फोनमार्फत धम्क्याएको दाबी निवेदनमा उल्लेख गरेका छन् ।

भण्डारीले ‘कल डिटेल्स’ सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ