arrow

मुख्यमन्त्रीको प्रतीक्षामा बस्यो कुर्सी, सकियो दलीय प्रतिस्पर्धा, आन्तरिक प्रतिस्पर्धा झन्झन् पेचिलो

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
uml-maobadi-flag.jpg

काठमाडौं । प्रदेश १ मा प्रदेश सभाका ९३ सिटमध्ये एमालेले ५१ सिट जितेको छ । मुख्यमन्त्रीमा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईको मुख्य दाबी छ ।

हिक्मत कार्की, जीवन घिमिरे, राजेन्द्र राईले पनि आकांक्षा राखेका छन् ।

तर, दलको नेता छान्न निर्वाचन हुँदा अध्यक्ष केपी ओली र नेता माधव नेपाल समूह बाँडिन सक्ने देखिएकाले उनीहरू पनि आचार्य र राईमध्ये एकको पक्षमा उभिने सम्भावना छ ।

आचार्यनजिक कम्तीमा २८ देखि ३२ तथा राईको २२ देखि २५ सांसद सांसद पक्षमा छन् । तर, सर्वसम्मतको प्रयास भए प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य र १ मा राई मुख्यमन्त्री बन्ने सम्भावना पनि छ ।

 प्रदेश २ मा मधेसी दलहरू बहुमतमा छन् । जम्मा १०७ सिटमध्ये संघीय समाजवादी फोरमले २९ र राष्ट्रिय जनता पार्टीले २५ सिट जितेको छ ।

दुई दल मिलेर सरकार बनाउने तयारीमा छन् । राजपाभन्दा बढी सिट रहेकाले मुख्यमन्त्रीमा संघीय फोरमले दाबी गर्दै आएको छ ।

फोरमका उपाध्यक्ष लालबाबु राउत र कोषाध्यक्ष विजय यादव मुख्यमन्त्रीको दौडमा छन् ।

उनीहरू संसदीय दलको नेता बन्न आन्तरिक तयारी गरिरहेका छन् ।

दलको नेता चुनिन कम्तीमा १५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । दुवै आकांक्षी नेतादेखि सांसदसम्मलाई आफ्नो पक्षमा उभ्याउन लबिङ गरिरहेका छन् ।

 ११० सदस्यीय प्रदेश सभामा एमालेको ५८ सिट छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् ।

नवौँ महाधिवेशनयता दुवै नेता माधव नेपाल खेमामा रहेकाले पाण्डे संस्थापनबाट अघि बढ्ने तयारीमा छन् ।

तर, संस्थापन पक्ष पाण्डेलाई अघि सार्ने कि चर्चामा रहेका सानुकुमार श्रेष्ठ, डोरमणि पौडेल या केशव स्थापितलाई उम्मेदवार बनाउने टुंगोमा पुगिसकेको छैन ।

संस्थापनले कम्तीमा ३४ र नेपाल पक्षले २४ सांसद आफ्नो पक्षका रहेको हिसाब गरेको छ । पार्टी उपाध्यक्ष रहेकी, महिला, जनजातिका साथै पार्टीको प्रदेश सचिवालयले मुख्यमन्त्रीमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरिसकेकाले शाक्यका लागि चुनावमा सहजता पनि हुन सक्छ ।

प्रदेश सभाका ६० मध्ये एमालेले २७ सिट जितेको छ । मुख्यमन्त्रीका प्रमुख दाबेदार सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङले अध्यक्ष ओली र अन्य नेतालाई मंगलबार र बुधबार भेटेरै सहयोगका लागि आग्रह गरेका छन् ।

किरण उपाध्यक्ष वामदेव गौतम र पृथ्वी सुब्बा ओलीनिकट मानिन्छन् । दलको नेता छान्न निर्वाचन हुँदा दुईतिहाइ मतले जित्ने हिसाब पृथ्वी सुब्बाको छ भने किरणले १७ देखि १९ मतका साथ जित्ने आँकडा निकालेका छन् ।

शीर्ष नेताबीच सहमति भएमा गौतमनिकट किरण सर्वसम्मत बन्ने सम्भावना देखिए पनि सुब्बालाई व्यवस्थापन गर्ने चुनौती कठिन छ । किनभने यो प्रदेशमा सभामुख र मुख्यमन्त्रीपछिको वरीयताको मन्त्री पनि माओवादीको भागमा परेको छ ।

प्रदेश ५ मा पोखरेल सर्वसम्मत
प्रदेश सभाका ८७ सिटमध्ये एमाले एक्लैले ४१ सिट जितेको छ ।

मुख्यमन्त्रीका आकांक्षी नेता शंकर पोखरेल सर्वसम्मत रूपमा संसदीय दलको नेता बनिसकेका छन् ।

अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहमतिअनुसार पोखरेललाई सर्वसम्मत मुख्यमन्त्री बनाउन लागिएको र त्यसअनुसार नै दलको नेता चयन भएको जानकारी मंगलबार सम्पन्न स्थायी समिति बैठकमा गराइसकेका छन् ।

प्रदेश ६ को मुख्यमन्त्री माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको छ । माओवादी नेताहरू नरेश भण्डारी र महेन्द्रबहादुर शाही मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् ।

पार्टी नेतृत्वसँग लबिङ गर्न उनीहरू काठमाडौंमै छन् । २१ माघमा बस्ने प्रदेश सभाको पहिलो बैठकका लागि अघिल्लो दिन मात्रै सुर्खेत फर्कने उनीहरूको तयारी छ ।

प्रदेश सभाका ४० सिटमध्ये माओवादीले १३ सिट जितेको छ । वाम गठबन्धन रहेको अर्को दल एमालेका २० सांसद छन् ।

दुवैको मत जोड्दा सानदार बहुमत पुग्छ । तर, माओवादी नेतृत्वले भण्डारी वा शाहीमध्ये कसलाई अगाडि सार्ने भन्ने निर्णय अझै गरेको छैन । मुख्यमन्त्रीबारे चाँडै निर्णय हुने माओवादी नेताहरू बताउँछन् ।

प्रदेश सभाका ५३ मध्ये १४ सिट जितेको माओवादी केन्द्रले एमालेसँगको भागबन्डामा मुख्यमन्त्री पाएको छ ।

एमालेको २५ सिट छ । माओवादीबाट नेताहरू त्रिलोचन भट्ट, मानबहादुर धामी, वीरमान चौधरी र झपट बोहरा मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् । डोटीबाट निर्वाचित भट्टको प्रबल सम्भावना रहेको स्रोतले बताउँछ ।

पार्टीमा पुरानो, पहाडी क्षेत्रमा राजधानीको माग भइरहेकाले अहिलेको अस्थायी मुकाम धनगढीलाई नै कायम राख्ने गरी सन्तुलन मिलाउन धेरै स्थानीय र केन्द्रीय नेता उनको पक्षमा खुल्दै गएका छन् ।

अर्थ मन्त्रालय माओवादीले नै राखेर अर्का आकांक्षी बोहरालाई मन्त्रीमा व्यवस्थापन गर्ने सम्भावना छ । सबै आकांक्षी आफू नै मुख्यमन्त्रीको बलियो र योग्य दाबेदार भएको बताउँछन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ