arrow

बिहीबार भारतमा चुनावी बजेट, नेपाल समेत प्रभावित हुने 

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
arun_jetli1.jpg

काठमाडौं । भारतीय वित्तमन्त्री अरुण जेटलीले बिहीबार वर्तमान सरकारको अन्तिम बजेट भाषण गर्दैछन् । महनादिन अघिदेखिको तयारीपछि तयार भएको सो बजेटले सर्वसाधारण, उद्योग, किसान आदिको हितमा कत्तिको खरो उत्रिन्छ भन्ने सवाल अहिले चासोको विषय बनेको छ । विहान ११ बजेदेखि सुरु हुने सो भाषणमा वित्तीय अनुशासन र उचित खर्चको बीचमा तालमेल गराउन सक्लान् ? भन्ने प्रश्न पनि खडा भएको छ ।

भारतबाट धेरै समानहरु नेपाल भित्रिने गरेकोले भारतको बजेट भाषणले नेपाललाई पनि प्रभावित पारेको छ । जेट्लीको भाषणमा विशेषगरी १० विषयलाई महत्वका समेट्ने प्रयास गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

१ वित्तीय घाटा 
वित्तीय घाटको लक्ष्य पूरा नहुने तथा यो पहिले भन्दा बढने समस्या बजेटमा हुनसक्ने आकलन गरिएको छ । २०१९ को चुनाव अघिको यो सरकारको अन्तिम बजेट भएकोले सरकारले यसमा आम नागरिकको आम सन्तुष्टिलाई समेट्न खोज्दा यस्तो समस्या हुनसक्ने आकलन गरिएका छन् । 

२ इनकम ट्याक्स (आय कर) 
यस समय आयकर छुटको सीमा बढ्ने सम्भावना रहेको छ । चुनावलाई ध्यान दिँदै सरकाले यस्तो गर्न सक्ने देखिएको हो ।  

३ शेयरबाट दीर्घकालीन पुँजी लाभ माथि कर
यसपटकको बजेटमा सेयरको दीर्घकालीन पुँजी लाभ कर लागू हुनसक्ने बतार्इएको छ ।

४ कर्पोरेट ट्याक्स 
२०१५ सालमा सरकारले कर्पोरेट ट्याक्स चार वर्षोंमा घटाएर २५५ सम्म बनाउने जनाएको थियो तर यसको प्रगति न्यून देखिएको छ । 

५ कृषि क्षेत्रबाट दबाब कम गर्ने कदम 
सरकारले कृषकको न्यूनतम समर्थन मूल्य ९एमएसपी० बढाएर फूड सब्सिडीको लागि रकम छुट्याउन सक्ने देखिएको छ ।  

६ राजस्व बढाउनको लागि नयाँ कर 

सरकारले विभिन्न शीर्षकहरुमा कर लगाएर राजश्व बढाउने तयारी गरिरहेको छ । यसरी राजश्व बढाउँदा नेपालमा समस्या सिर्जना हुने देखिएको छ । यसरी राजश्व बढाइयो भने भारतबाट नेपालमा आयात गरिने समानहरुमा बढी मूल्य पर्ने देखिएको छ । यसबाट पनि नेपाल प्रभावित हुने देखिएको छ । 

७ पेट्रोल-डीजलमा घट्न सक्छ ड्यूटी  
कच्चा तेलको पैसा घट्नुको बाबजुत पेट्रोल(डीजलको मूल्यमा कटौती भएको भनेर आलोचना भईरहेको बेलामा सरकारले चुनावलाई लक्षित गरी यसपटक बजेटमा भन्सार र अन्तशुल्क छुट दिने सम्भावना समेत रहेको छ । यस्तो भयो भने नेपालमा आउने तेलमा पनि मूल्यमा केही फरक हुनसक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ