arrow

नेपालमा भारतको चलखेलबारे के सोच्दैछ चीन ? सीको यात्रा रोकिएला ? बाम गठबन्धनसंगको सम्बन्ध ? 

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
Nepal-India-china-flag1.jpg

काठमाडौं। भारतीय राजनीतिक चलखेल एक्कासी बढेपछि चीन पछाडि सरेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणको तयारीका लागि चीनले तयारी गरिरहँदा भारतीय चलखेल बढेपछि चीन केही पछाडि हटेको हो। नेपालमा हुने हरेक परिवर्तनमा आन्तरिक रुपले चीनले भूमिका खेले पनि भारत नै बाहिर देखिँदै आएको छ। 

यसपटक बाम गठबन्धनका लागि चीनले भूमिका खेलेपछि रुष्ट बनेको भारतले अहिले बाम गठबन्धनको सरकार बन्नुअगाडि नै केपी शर्मा ओली र बाम गठबन्धनसंग राम्रो मित्रता गाँस्ने योजना रचेपछि चीन पनि ससंकीत बनेको छ। चिनियाँ एक उच्च राजनीतिक विष्लेषक पुसको पहिलो साता नेपाल आएर जोसुकैले सरकार सम्हाले पनि पाँच वर्षे स्थायी सरकार हुनुपर्नेमा जोड दिएर गएका थिए। 

त्यतिबेला उनले ओली वा पुष्पकमल दाहाल प्रचण्डको नाम पनि लिएनन्। उनले ‘काँग्रेस वा मधेसी जुनसुकै नेता सरकारको नेतृत्व गर्न तयार भए पनि हामीलाई कुनै आपत्ति छैन’ भनेका थिए। उनको सन्देश थियो कि भारतको पनि समर्थन भए सजिलो हुन्छ। तर यसपटक भारतले देखाएको ‘अति इच्छा’ प्रति चीन केही ससंकीत भएको छ। उसले अनावश्यक हस्तक्षेप भएको संकेत गरेको छ। चीनले तत्काल प्रतिक्रिया दिने कुनै मनस्थिति नबनाएको चीन निकट रहेका एक वरिष्ठ विष्लेषकले बताए।  उनी भन्छन्, ‘चीन छिनछिनमा नेपाल नीति बदल्दैन तर बाम गठबन्धनबाट ठूलो आशा भने गरेको छ।’

के होला बाम गठबन्धनसंगको सम्बन्ध ?
भारतको चलखेल र भारतसंग केपी शर्मा ओलीको निकटपन बढी भए पनि चीनले धेरै अनपेक्षित सोचेको छैन। एक उच्च स्रोतका अनुसार चीनले ओलीलाई त्यतिधेरै निकटको पहिले पनि सोच्दैनथ्यो, अहिले पनि सोच्दैन। उक्त स्रोत भन्छ, ‘ओली हिजो पनि भारतकै निकटका थिए, आज पनि भारतकै निकटका हुन्, आपत परेका बेलामा मात्र चीनको सहयोग लिने अवसरवादी हुन्।’ स्रोतका अनुसार चीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग नजिक छ। प्रचण्डलाई केही हदसम्म विश्वास पनि गर्छ। 

बाम एकीकरणका लागि चीनले विशेष भूमिका खेलेको थियो। चीनकै दबाबमा बाम गठबन्धन मजबुद बनेको हो। तर भारतसंग हिमचिम हुँदैमा गठबन्धनमा कुनै असर नपर्ने पनि चीन निकट उच्च स्रोत भन्छ। 

सीको नेपाल भ्रमण के होला ? 
चीनले नेपालमा आफ्ना राष्ट्रपति सी जिनपिङ आउने सम्बन्धमा केही पनि जनाएको छैन। सी धेरै हिंड्दैनन् पनि। स्रोत भन्छ ‘भारतीय चलखेल केही हदसम्म सी जिनपिङको नेपाल भ्रमण रोक्नका लागि हुने देखिए पनि खास कारण रेल हो।’ चीनले नेपालमा लुम्बिनीसम्म रेल विस्तार गर्ने योजना बनाएकाले त्यो रोक्नु नै भारतको मुख्य उद्धेश्य रहेको स्रोत बताउँछ। 

चीनले रेल ल्याएका खण्डमा आर्थिक कारोबार बढी चीनसंगै हुनेमा भारत सशंकीत छ। त्यही प्रयास रोक्न भारतले ‘अति रञ्जित’ गरेको चिनियाँ विश्लेषण छ। यसैले पनि तत्काल चीनले राष्ट्रपतिको नेपाल भ्रमण कार्यक्रम नबनाएको बुझिन्छ। चिनियाँ स्रोत भन्छ ‘हाइड्रोमा पाएको धोकाधडीप्रति चीनले फेरि एकपटक ओलीको व्यवहार हेरेर अगाडि बढ्ने योजना बनाएको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ