arrow

काम चलाउ सरकारको निर्णय अनुपयुक्त : शेखर कोइराला

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ माघ १८ बिहिबार
shekhar-Koirala.jpg.jpeg

विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकार काम चलाउ भइसकेकाले पछिल्लो पटक सरकार गरेको निर्णय उपयुक्त नभएको  वताएका छन् ।

 प्रेस युनियन मोरङले  विराटनगर स्थित कोइराल निवासमा  बिहिवार गरेको पत्रकार सम्मेलन वोल्दै नेता कोइरालाले  सरकार काम चलाउ हैसियतमा पुगिसकेकाले  लोककल्याणकारी अवस्थाका दुरगामी प्रभावपर्ने कुनैपनी निर्णय सरकारले गर्न नहुने वताए ।  लोकतन्त्रको विधि र पद्धतिलाई स्विकार्ने  हो भने सवैदलको सहमतीमा मात्र महत्वपुर्ण निर्णय गर्नुपर्ने उनले वताए ।

 उनले ५५ वर्ष पुगेका दलित समुदाय तथा ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई  समाजिका सुरक्षा भत्ता दिने कुरा व्यवहारमा राम्रो भएपनी मुलुकको ढिकुटिले त्यसलाई धान्न सक्छ वा सक्दैन त्यो वुझनुपर्ने वताए ।  वर्तमान सरकार काम चलाउ भइसकेकले राजनितिक नियुक्ति समेत गर्न नहुने पंक्षमा आफु रहेको उनको भनाई छ ।

कांग्रेसलाई जनताले प्रतिपक्षमा वस्ने म्यान्डेड दिएकाले फटफट निर्णय गरेर भोलीका दिनमा देशलाईनै अहित पुर्‍याउने काम गर्न नहुने वताए ।

ने्पाली जनताले सरकार वनाउने जिम्मा वाम गठवन्धनलाई दिएकाले अव नेपाली कांग्रेस पाँच वर्षसम्म प्रतिपक्षमा वस्नुपर्ने नेता कोइरालाको भनाई थियो । राजनितिक स्थाइत्व र मुलुकको समवृद्धिका लागीपनी स्थिर सरकार आवश्यक रहेको उहाको भनाई थियो ।

 उनले वाम गठवन्धनको सरकारले देश र जनताको पंक्षमा गर्ने निर्णयलाई कांग्रेसलेपनी सहयोग गर्ने बताए । उनले कांग्रेस प्रतपंक्षमा भएपनी अव वन्ने सरकारलाई सहयोगर्ने प्रष्ट पारे।

 उनले संघिय सरंचना अनुसार कांग्रेसपार्टीको विधान परिवर्तनका लागी पार्टिले तत्काल महासमितिको वैठक वोलाउनुपर्ने वताए । उनले महासमितिको वैठक वोलाएर एक वा डेढवर्ष भित्र पार्टिको महाधिवेशनका मिति टुंगो लगाउनुपर्ने वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ