arrow

बुटवलमा करिव ६ करोडको लागतमा अख्तियार भवन

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ १८ बिहिबार
aktiya-pp.jpg

बुटवल । पाँच नम्बर प्रदेश स्तरीय अख्तियार दुरुपयोग अनुसंन्धान कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।  ५ करोड ५९ लाख ३७ हजार ६ सय ९३ रुपियाँ लागतमा निर्माण भएको भवनको विहिवार बुटवलमा आयोग प्रमुख आयुक्त दीप बस्न्यातले उद्घाटन गरे।

बिहिवार भवन उद्घाटन गर्दे प्रमुख आयुक्त बस्न्यातले देश प्रादेशिक संरचनामा गएपछि सबै सात प्रदेशमा सरकार गठन हुने भएकाले यस क्षेत्रमा बढी पारदर्शिता आवश्यक रहेको बताए ।

 मुलुक संघिय संरचनामा गएकोले आयोगका मुलुक भरी रहेका १० वटा कार्यालयलाई पनि समायोजन गरि प्रदेशकै शैलीमा सात वटा बनाईने बताउँदै उनले  आयोग आफैंले धेरै क्षेत्रका कामलाई थप पारदर्शी गराउँदै लगेको र एकल प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण संभव नभएकाले सामुहिक भावनाको विकास जरुरी रहेको बताए ।

प्रमुख आयुक्त बस्न्यातले अब राष्ट्रसेवक कर्मचारी तथा अख्तियार चनाखो हुनुपर्ने बेला आएको छ भन्दै स्थानिय, प्रदेश र केन्द्रिय गरि ३ तहका सरकार भएकाले आयोगले शुसासनलाई बढी ध्यान दिन जरुरी रहेको बताए ।

प्रदेश ५ का प्रमुख सचिव शंकर पाठकले पारदर्शी शासन व्यवस्थाका लागि सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा बताए । अख्तियार दुरुपयोग अनुसंन्धान कार्यालय पोखराका प्रमुख यदु प्रसाद पन्थी र बुटवल कार्यालयका प्रमुख विमल बस्नेतले दुई वर्ष साढे नौ महिनामा भवन तयार भएको जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ