arrow

डेढ घण्टा बस्यो बालकोट बैठक

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
balkot_new.jpg

काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले मुख्यमन्त्री, प्रदेश सभामूख, उपसभामूख र मन्त्री मण्डल गठनका लागि कार्यदलले तयार पारेको रिपोर्ट अनुमोदन गरेको छ ।

पार्टी एकताको प्रगतिबारे एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैठकमा संक्षिप्त ब्रिफिङ गरे । कार्यदललाई शीर्ष नेताले  धन्यवाद समेत भनेका छन् ।

बैठकमा एकता संयोजन समिति र प्रदेश सरकार गठन, राष्ट्रिय सभा निर्वाचनका लागि गठित संयुक्त कार्यदलका नेताहरु सहभागि भए ।

प्रदेश सरकार गठन, राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी र पार्टी एकताबारे छलफल हुने भनिएपनि बैठक डेढ घण्टा मात्रै बसेको माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ