arrow

जुत्ता पालिस गरेर देश बन्छ ? : रामहरि खतिवडा (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
Ramhari_kh.JPG

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जुत्ता पालिस गरेर मात्रै मुलुक निर्माण नहुने बताएका छन् । नेता  खतिवडाले जुत्ता पालिस गर्न सडकमा जाने नेताले सन्त नेता किसुनजीको नामको दुरुपयोग गरेको बताए ।  नेपालको राजनीतिमा शुद्धिकरण चाहिएको छ, तर सन्त नेताको नामको दुरुपयोग गर्न नहुने तर्क खतिवडाको छ । यसै विषयमा खतिवडासँग हामीले संक्षिप्तकुरा गरेका छाैँ ।

० चुनावमा पराजित भइसकेपछि के गर्दै हुनुहुन्छ ?

– निर्वाचनमा पराजित भए पनि म आफ्नो जिल्लामै केन्द्रित छु । १२ सयवटा ज्याकेछ, टाउजर र टोपी मेरो जिल्लाको जन्तरखानी र राराजित र विभोटारका क्यारिसुमो भन्ने संस्थालाई अनुरोध गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरें । त्यसपछि साथीहरुसँग भेटघाट गर्न दुई चार दिन काठमाडौं बसें । कांग्रेस अहिले पराजित भएको कुरा सत्य हो । अब कुन बाटो तय गर्ने भन्ने बारेमा हामीले छलफल गरेका छौं । पार्टीका शीर्ष नेतृत्वसँग मैले भेट गरें । पार्टी पराजयका विषयमा छलफल गर्‍यौं । त्यसलगत्तै मेरो जिल्लामा कतारमा बस्ने साथीहरुले एम्बुलेस ल्याएका थिए, त्यो वितरण गरियो । आफ्नो एफएमसँग सहकार्य गरेर वृद्धाका लागि ७० वटा ब्लाङकेट वितरण गरियो । कांग्रेस पराजित भए पनि अहिले नेपाली जनताको मनमा कांगे्रस नै पहिलो र प्रिय पार्टी हो, जसले अप्ठ्यारा परेका बेला जनताको अधिकार स्थापित गर्ने काममा हामी निरन्तर लागेका छौं ।

० तपाईं जिल्लामा कम्बल वितरण गर्ने, कोही राजधानीमा जुत्ता पालिस गर्दै थिए ?
– यो राजनीतिमा नयाँ कदम हो, शुद्धिकरण हुनुपर्छ भनेर पञ्चायतकालमा पनि त्यसै गरिएको थियो । जो नेताहरुले यो काम गर्नुभएको छ, उहाँहरुलाई बधाइ दिन चाहन्छु ।

० तपाईंको समर्थन छ ?
– किसुनजी मेरो आदर्श पुरुष हो, किसुजीलाई जति सम्मान हिजो पोलिस दल्नेहरुभन्दा कम हाम्रो छैन । किसुनजीसँग सुरुदेखि अन्तिमसम्म रहने म हुँ । हस्पिटलको बेडमा किसुनजीलाई अन्तिम खाना खुवाउने मान्छे मै हुँ । उहाँले प्राण त्याग गरेपछि सञ्चारकर्मीलाई खबर गर्ने पनि मै हुँ । अहिले प्रतिष्ठान छ, त्यहाँ हामी निरन्तर जान्छौं । प्रतिष्ठान नदेखेका र किसुनजीलाई कहिलेकाहिँ गाली गर्नेहरु हतार हतार जुत्ता पालिस गर्ने कार्यक्रममा उहाँहरु सहभागी हुनुभएछ । उहाँहरु किसुनजीलाई नेता मान्न तयार हुनुभयो, खुशी लाग्छ । किशुजीले प्राण त्याग्दै गर्दा उहाँको खल्तीमा २ सय ४५ रुपैयाँ मात्र थियो । किसुनजी त्यस्ता राजनेता हुन् जसको नाममा एक टुक्रा जग्गाजमिन थिएन । अहिले नेपाललाई त्यस्तो राजनेताको आवश्यकता छ । जुत्ता पालिस कार्यक्रममा मलाई पनि निमन्त्रणा थियो, म आदरणीय दमन ढुंगाना, नीलाम्बर आचार्य र ओमकार श्रेष्ठ, पूर्ण खड्का सबै गएका थियौं, त्यसबेला हामीले चक्र बास्तोलालाई पनि भेटेर आयौं । त्यहाँ छलफल भएको थियो । आवेगमा आएर जुत्ता पालिस गरेर मुलुक निर्माण हुँदैन । जुत्ता पालिस लगाउने नेताहरु हिजोका दिन के गर्नुभयो, अबका दिनमा कम्तीमा आफ्नो जुत्ता पालिस गर्न अरुलाई नदिनुस् । त्यो एउटा स्वाभिमानता हो । किसुनजी कहिले पनि जुत्ता अरुलाई पोलिस गर्न दिनु हुँदैन थियो, मोजा आफै धुनुहुन्थ्यो ।

० तपाईंको धारणा  फरक समूहको हो ?
– फरक समूह भन्न मिल्दैन । अहिले नेपालको राजनीतिमा विकृतिहरु देखिरहेको छ । किजुनजी नभएको देश कति फरक हुँदो रहेछ भनेर सांकेतिक रुपमा देखाउन खोजिएको हो भने वास्तविमा यो असाध्य राम्रो काम हो । किसुनजीको नाममा आबेगमा आएर काम गर्ने, कुरा अर्कोतिर गर्ने र क्षणिक प्रचारमा आउन गरिएको हो भने यो गलत हो ।

० हिजो जस्तै छ कांग्रेस ?
– हिजोको जस्तो कांग्रेस अहिले छैन, पोलिस गर्न बाटामा बस्ने साथीहरुलाई भन्न चाहन्छु, किसुनजी अन्तिम समयसम्म हिन्दूअधिराज्यको पक्षमा हुनुहुन्थ्यो, भलै म अहिले त्यो पक्षमा छु छैन बेग्लै कुरा हो । किसुनजी संवैधानिक राजाको पक्षमा हुनुहुन्थ्यो । पोलिस गर्नेहरु संवैधानिक राजाका पक्षमा हुनुहुन्छ ? देखाउने किसुनजी, काम अर्कैतिर गर्ने हो भने गलत हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ