arrow

शौचालयमा जन्माइयो मृत शिशु

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ माघ १८ बिहिबार
Kanchanpur_District.png

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ हात्तीसारकी शान्ति साउदले महाकाली अञ्चल अस्पतालको शौचालयमा शिशु जन्माएकी छिन् । बिहीबार दिउँसो साउदले अस्पतालको शौचालयमा जन्माएको शिशु मृत अवस्थामा फेला परेको अस्पतालले जनाएको हो ।
 
पेट दुखेको भन्दै अस्पताल उपचार गराउन आएकी साउँदले पिसाब लागेको भन्दै शौचालय गएकी थिईन् । उनले शौचालयमा शिशु जन्माएको थियो । अञ्चल अस्पतालका स्वास्थ्यकर्मीले उनी शौचालय गएर बाहिर आएपछि रगत लागेको देखेर शंका गरिएको थियो । शौचालयमा हेर्दा मृत अवस्थामा शिशु भेटिएपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । उक्त मृत शिशु छोरी रहेकि छन् ।

 जन्माएको शिशु मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ । टेक बहादुर साउँदले शान्ती संग गत पुष १५ गते भागि विवाह गरेका थिए । वैदेशिक रोजगारमा रहेका टेक र शान्तीको माघ ८ गते औपचारिक रुपमा धुमधामसंग विवाह गरेका थिए । विवाह गरेको १० दिनमै शान्ति बिरामी भएपछि साउँद परिवारका आफन्तले उपचारका लागि महेन्द्रनगको एक निजी अस्पतालमा भिडियो एक्सरे गराएपछि उनी उपचारका लागि भन्दै महाकाली अञ्चल अस्पताल गएका थिए ।

पेट दुखेर पिसाव र दिशा गर्दा समेत शिशु जन्मिएको हुनसक्ने केही स्वास्थ्यकर्मीले बताएका छन् । गलत नियत वा संयोगले शौचालयमा शिशु जन्मेको विषय रहस्यमयी बन्दै गएको छ । बिवाह गरेको दुई हप्तामै बच्चा जन्मेपछि टेकबहादुर साउँद तनावमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ