arrow

स्वराजसँगको 'वान टु वान' वार्ता पछि दंग हुँदै फर्किए ओली 

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
susma_oli.jpg

काठमाडौं । के विषयमा के कुरा भयो भन्ने यकीन जानकारी नभएको भएपनि भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेट पछि एमाले अध्यक्ष ओली हर्सित अनुहार लिएर फर्किएका छन् । बिहीबार साँझ 'वान टु वान' वार्ता सम्पन्न भएपछि होटल सोल्टीबाट फर्किएका ओली हर्सित मुद्रामा बाहिरिएका थिए । उनको त्यो अनुहारले उनीहरुबीचको वार्ता सकारात्मक रुपमा अघि बढेको आशंका गर्न सकिन्छ । ओली र एमाले पार्टीकै विशेष निमन्त्रणामा नेपाल आएकी स्वराज र ओलीबीच वान टु वान वार्ता भएलगत्तै ओलीसहित पार्टीका अन्य नेताहरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग सामुहिक वार्ता भएको थियो ।

दुई देशीय सम्बन्ध सुधारको लागि भनेर नेपाल आएकी स्वराजले नेपालसँगको दुईदेशीय सम्बन्ध भन्दा पनि एमालेसँगको विग्रिएको दुईपक्षीय सम्बन्ध सुधार तर्फ बढी ध्यान दिएकी छिन् । ओलीले बालकोटमा बोलेको स्वराज हामीहरुकै पाहुना हुन् भन्ने अभिव्यक्तिले पनि स्वराज अरु कामको लागि भन्दा पनि ओलीसँगको विशेष वार्ताको लागि नेपाल आएको पुष्टि भएको छ ।

भेटवार्तामा सहभागी एमाले सचिव प्रदिप ज्ञवालीका अनुसार स्वराज र एमाले नेताहरुबीच उत्साहजनक रुपमा कुराकानी भएको सुनाए । उनीहरुबीच नेपालको निर्वाचनमा वाम गठबन्धनले हाँसिल गरेको सफलताप्रति आफूहरु निकै खुशी रहेको प्रतिक्रिया स्वराजले दिएको र बाम गठबन्धनको सफलतामा आफु बधाई दिन नेपाल आएको स्वराजले बताएको नेता ज्ञवालीले जानकारी दिए।

छलफलमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेललगायत सहभागि भए । भारतीय पक्षबाट विदेशमन्त्री स्वराज, विदेश सचिव गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार सहितका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ