arrow

स्वराज भ्रमणपछि झनै असहज बन्दै प्रचण्डको राजनीतिक बाटो

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
Prachanda-new-FNL.jpg.jpeg

काठमाडौं। बिहीबार दिउँसो काठमाडौमा भारतीय वायुसेनाको जहाजबाट भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल ओर्लीएसँगै एक हिसावले प्रचण्डको मनमा पनि केही चिसो पसेकै हुनपर्छ। राजनीतिका चतुर खेलाडीको रुपमा आफ्नो व्यवहार देखाउने प्रचण्डलार्इ स्वराजको यो रहस्यमयी नेपाल भ्रमणबारे पत्तो नहुने त कुरै भएन।

एमालेको आतिथ्यतामा नेपाल आउन लागेकी स्वराजको नेपाल भ्रमणबारे सरकारलाई त्यति पत्तो नहुनु स्वभाविक विषय नै बनेको थियो। रहस्यमयी त यो विषय पनि बनेको छ कि एमालेको निम्तामा नेपाल आएकी स्वराजको भ्रमणबारे स्वराजको अवतरणको समयसम्म एमाले महासचिव ईश्वर पोखरेल समेत बेखबर थिए। एमाले माओवादी एकता संयोजन समितिको बैठकमा सो विषयमा चर्चा सुरु भएपछि मात्रै स्वराजलाई आफूले बोलाएको विषयमा ओलीले खुलासा गरेका थिए। 

पछिल्लो समयमा ओली पनि चौतर्फी समस्यामा थिए। एकातिर पार्टी भित्र नेपाल र गौतम पक्षको मौन असहयोग र अर्को तिर प्रचण्डको वार्गेनिङका कारण ओली प्रधानमन्त्री र अध्यक्ष मध्ये एउटा मात्रै पदमा चित्त बुझाउनु पर्ने अवस्थामा पुगेका थिए। मधेशबादी दलहरुसँग सम्झौताको हात फैलाउँदा पनि उनीहरु अनेकानेक झमेला सिजैना गरेर कसैगरी पनि पूरा गर्न नसकिने राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेश बनाउने जस्ता विषयहरु उठाएर सहमतिमा ओउन नमानेपछि ओलीसँगको एउटै हतियार थियो, भारत । 

एकातिर आफ्नै पार्टी र बाह्यपार्टीबाट समेत घेराबन्दीमा परेका ओलीले केही समय अघि खरो आलोचना गर्ने गरेको भारतलाई नै सहयोग गरिदिनको लागि अपिल गर्दै पत्र लेखेका छन्। उनको यो पत्रले एकातिर भारतलाई नेपालमा ल्याएर झुकाएको भन्ने टिप्पणीहरु पनि अब एमालेजनहरुबाट आउने नै छ। तर, स्वराजको यो भ्रमणले ओलीलाई जति सहज र उत्साहित बनाएको छ। त्यति नै प्रचण्डलाई असहज र निराश बनाएको छ। 

भारत यस अघिका सरकार गठनका क्रममा आफूलाई प्रचण्डले दिएको धोकाको सावा ब्याज सहित हिसावकिताव गर्न चाहन्छ। यस्तो अवस्थामा ओलीलाई हतियार बनाएर ओलीकै माध्यमबाट बदला लिन चाहन्छ। त्यसैले यतिबेला प्रचण्डले चैनको श्वास फेर्न सकिरहेका छैनन्। 

प्रचण्डलाई सबैभन्दा घाँडो विषय बनेको सत्य निरुपण तथा मेलमिलाप आयोग। आफूले भनेजस्तो नभएको खण्डमा जुनसुकै बेला पनि समस्यामा पर्नसक्ने देखेर यतिबेला प्रचण्ड सकेसम्म सरकार छाड्ने पक्षमा देखिँदैनन्। यतिबेलासम्म आफूलाई अध्यक्ष नदिए पार्टी एकता हुन नसक्ने भन्ने अभिव्यक्ति दिँदै आएकोमा प्रचण्डको सोही अडान तुहाउनको लागि पनि ओलीले भारतसँग गुहार मागेको देखिन्छ। 

यसरी ओलीले स्वराजसँगको भेटपछि उत्साहित हुँदै बाहिरिँदै गर्दा प्रचण्ड भने समस्यामा रहेको देखिन्छ। अब सरकार गठन, राष्ट्रपति उपराष्ट्रपति निर्वाचन जस्ता समयमा ओलीसँग स्पष्ट वार्गेनिङ गर्ने आधार त विस्तारै कम हुँदैछ। त्यसैले ओलीलाई भारतले काखी च्यापिसकेको अवस्थामा प्रचण्डले राम्रै चातुर्यता प्रदर्शन नगर्ने हो भने प्रचण्डकोपनि अबको बाटो भने त्यति सहज देखिँदैन। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ