arrow

स्वराज आएकै दिन प्रचण्डले भने 'पार्टी एकता तोड्न प्रतिक्रियावादीले षड्यन्त्र बुन्दैछन्'

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
dahal-naya-pic.jpg.jpeg

धुलिखेल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम पार्टी एकतालाई तोड्नका लागि प्रतिक्रियावादीले षड्यन्त्र बुनिरहेको आरोप लगाएका छन् । काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाले बिहीबार बनखुचौरमा आयोजना गरेको बधाई एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “प्रतिक्रियावादी निहुँ खोजेर विकास अवरुद्ध पार्न खोज्दैछन्, त्यसबारे हामी सचेत छौँ ।” उनले छिट्टै पार्टी एकता हुने बताए । 

पूर्वप्रधानमन्त्री दाहालले ७० वर्षदेखि देशमा विकासको लहर ल्याउन नसकिएको बताउँदै अब वाम सरकारले नयाँ योजनाका साथ आर्थिक समृद्धिसहितको कामलाई अगाडि बढाउने छ भने । 

अध्यक्ष दाहालले काभे्रका १३ वटै स्थानीय तह अब ‘विकट’ नहुने उल्लेख गर्दै वाम गठबन्धनको नयाँ सरकार बनेलगत्तै जिल्लाका दुई गाउँपालिका महाभारत र खानीखोलालाई सडक सञ्जालसँग जोड्न र सामुदायिक अस्पताल व्यवस्था गर्न पहल गरिने बताए । “म आज हुने वाम एकता संयोजन समितिको बैठकमा समेत सो कुरालाई छलफल गरेर योजना बनाउनेछु”, उनले भने । 

कार्यक्रममा प्रदेशसभाका सदस्य रत्न ढकालले यहाँका जनताको विकास र चाहना पूरा गर्न चुनावमा घोषणा गरिएका विषयलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे। माओवादी केन्द्रका नेता इन्द्रबहादुर थिङले महाभारत र खानीखोला गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने गरी सडक सञ्जालको विकास गर्न आग्रह गरे । ती क्षेत्र सडक सञ्जालसँग नजोडिँदा सिन्धुली र मकवानपुर भएर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले आफ्नो गाउँपालिकामा सडक, अस्पताल एवं विकासका पूर्वाधार नभएका कारण गाउँबाट सदरमुकाम र शहरमा पस्नुपर्ने अवस्था आएको उल्लेख गरे । सो अवसरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई सम्मानपत्र प्रदान गरिनाका साथै विद्यार्थीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ