arrow

कोहली हिट, प्लेसिस नीति फ्लप, जित्यो भारत

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
india-cricket1.jpg

काठमाडौं । भारतले दक्षिण अफ्रिका विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा सफलता हासिल गरेको छ । 

डर्बानमा बिहिबार राति भएको खेलमा भारत ६ विकेटले विजयी भयो । दक्षिणी अफ्रिकी कप्तान फाफ–डु प्लेसिसले उत्कृष्ट सतकसहित ८ विकेटको नोक्सानीमा २६९ रन बनाए पनि भारतीय कप्तान विराट कोहली सामु बच्न सकेन । 

प्लेसिसले ११२ बलमा १२० रन बनाए । कुलदीप यादवले ३ तथा युजभेन्द्र चाहालले २ विकेट लिए । 

जवाफमा भारतले ४५.३ ओभरमा ४ विकेटको नोक्सानीमा जित हासिल गर्यो । 

म्यान अफ द म्याच कोहलीले ११९ बलमा ११२ रन बनाए । अजिन्क्या रहानेले ८६ बलमा ७९ रन बनाए । 

यो जितपछि भारतले ६ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । 
 

दोस्रो खेल आइतबार सेन्चुरियनलमा हुँदैछ । 

The Proteas skipper hit 120 from 112 deliveries to lift the hosts towards 269 for eight

Faf du Plessis raises his bat after hitting a century for South Africa against India on Thursday

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ