arrow

गोपालमानलाई प्रश्न : कुनै बेला जुम्राले पनि साथ छाड्छ भन्थे, भारतले तपाईंहरुलाई त्यस्तै गरेको हो ? (कुराकानीसहित)

जवाफ  : के हाम्लाई हेला गरेकै हो भनेर भन्दिम् ?

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
gopalman-new-FNL.JPG.jpeg

नेपालको २ दिने भ्रमणका लागि काठमाडौं आएकी भारतीय विदेशमन्त्री सुुष्मा स्वराजले एमाले अध्यक्ष केपी ओलीसँग पौने घण्टा अति गोप्य रुपमा बात मारिन् । गोप्य भेटपछि एमालेजनसँग रात्री भोज पनि गरिन । शुक्रबार बिहान माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटाघाट गरिन् । आकश्मिक रुपमा तय भएको स्वराज भ्रमणको बारेमा २ दिनअघि सम्म सरकार भने औपचारिक रुपमा बेखबरकै अबस्थामा रह्यो । परराष्ट्रमन्त्रालयको समेत कार्यभार थेगिरहेका प्रधामन्त्री देउवालाई मन्त्रालयका कर्मचारीले एजेण्डाबारे हिजो मात्रै ब्रिफिङ गरे । यतिसम्म कि स्वराज आउने समयबारे समेत सरकार आफैं अन्यौलमा पर्यो । के भारतले सरकारलाई वेवास्ता गरेको होइन ? मोरङ पुुगेका उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठसँगको कुराकानी 

० उपप्रधानमन्त्री ज्यू भारतीय विदेश मन्त्रीले त एमाले अध्यक्ष, बाम गठबन्धनलाई बढी भाउ दिनुुभयो । सरकारलाई बेवास्ता गरेको, हेलाँ गरेको जस्तो लागेन ?  
-हैन कमिङ गभर्नमेन्टको चिफलाई भाउ दिँदा हाम्ले आपत्ति मान्नु पर्ने कुरा के छ र ? छिमेकी को मित्रराष्ट्र हो कमिङ गभर्नमेन्टको लिडरलाई दिँदा हाम्ले आपत्ति मान्नुपर्ने कुरा के छ र ? 

० तर सरकारलाई नजर अन्दाज गरे जस्तो देखिएन र ? 
-हैन हैन हाम्रो गभर्नमेन्टकै निम्तामा आको हो । 

० तर स्वराज आउनु २ दिनअगाडी सम्म सरकारलाई नै थाहा थे न त ?
-थाहा नभाको भए वेलकम गर्न हाम्रा मन्त्रीहरुका कसरी जान्छन् त । 

० त्यो त २ दिन अगाडी मात्रै थाहा भएको नि उपप्रधानमन्त्री ज्यू ?
-हा हा हा । २ दिन अगाडी पछाडी भन्दा पनि छिमेकी देशको विदेशमन्त्री हाम्रो देशको भ्रमण गर्न आउनु त्यसलाई अनुचित हिसाबले लिनुुहुन्न। त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

० तर भ्रमणका एजेण्डा छैन, परराष्ट्रलाई आउने समय तालिका थाहा छैन, त्यो त सरकारलाई वास्तै नगरेको होइन र ? 
-किन वास्ता नगर्ने, परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा छ । प्रधानमन्त्रीलाई सबै कुरा अबगत नभएको कुरै छैन नि ।

० उपप्रधानमन्त्री ज्यू, मान्छे मरेपछि जुम्राले पनि साथ छाड्छ रे । तपाईहरुलाई भारतले त्यस्तै गर्या हो कि के हो ? 
-हैन हैन , मैले त्यस्तो ठान्दिन हैन । भारत हाम्रो एकदम मित्र राष्ट्र हो, भाइ भाइ हो भन्छु म त । वी आर ट्वीन भन्छु क्या । उहाँहरुले अब आउने नयाँ सरकारसँग सुुमधुर सम्बन्ध कायम गर्न खोज्नु त्यसलाई अनुचित मान्न हुँदैन । हाम्रै निम्तामा आको हो । 

० तपाई भन्नुहुन्छ सरकारको निम्ता तर, एमालेले क्लेम गरिराछ हाम्रो निम्तामा आएको भनेर । कुरा लुकाउनु भा हो ? 
हैन मैले के कुरा लुकाउनु र ? परराष्ट्र मामलामा मैले धेरै इन्टरभेन गर्नु हुन्न । कुरा बुुझ्नु भएन ? नेपाल भारत छिमेकी मुलुक हो । हरेक कुराको सम्बन्ध छ । के रे रोजीरोटी चेलीबेटी सबै कुराको सम्बन्ध छ । धेरै लामो सम्बन्ध छ । यसको बारेमा धेरै टिकाटिप्पणी गर्न चाहन्न । यो मैत्री भ्रमण हो । सौहार्द भ्रमण हो । मोदी जी पनि आउँदै हुनुुहुुन्छ । त्यसको तयारी पनि हो । मलाई धेरै थाहा पनि छैन । परराष्ट्र मन्त्रालयले ब्रिफ गर्यो भन्ने थाहा पाउने हो, हैन ?

० क्याबिनेटकै सदस्य तपाईं धेरै थाहा छैन पनि भन्नुहुन्छ । हाम्रै निम्ता हो पनि भन्नुुहुन्छ त । क्याबिनेटमा थाहा नभएर काँ हुन्छ त, सडकमा हुन्छ ? 

-त्यै भनेको मैले पनि । अनि भ्रमणको बारेमा परराष्ट्रले ब्रिफ गरेपछि थाहा हुन्छ भन्नुुहुन्छ नि त । हैन हैन । अरु भित्री कुरा त के कुरा हो अब । तपार्ईंलाई जे जे इच्छा ला छ, मैले त्यै त्यै कुरा भन्दिम् ?

० मलाई केही इच्छा छैन उपप्रधानमन्त्री ज्यू, जनतालाई वास्ताविक कुरा भन्दिनु न ?
-मैले के भन्दा खेरी हाम्लाई हेला गरेको हो भनेर भन्दिम् ? मलाई त्यस्तो लाग्दैन । हेलासेला गर्या छैन । हाम्रो र ह्वाँ हरुको सम्बन्ध सुमधुर छ । त्यसमा कुनै टिकाटिप्पणी गर्न चाहन्न । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ