arrow

काठमाडौंमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
photo2.jpg

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह(एनएफपीजे)को आयोजनामा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुदैछ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट चल्ने प्रदर्शनी २१ गतेसम्म रहनेछ ।

एनएफपीजे २०५३ सालमा स्थापना भएको देशभरका क्रियाशील फोटोपत्रकारहरुको छाता सङ्गठन हो । यसका ३२ वटा जिल्ला शाखाहरु छन् । एनएफपीजेले मुख्यतया फोटोपत्रकारहरुको हकहितका लागि आवाजहरु उठाउँदै आएको  छ ।

एनएफपीजेले हेवी हेल्प लिंकको मूख्य प्रायोजनमा नेपालमा पहिलोपटक प्रिन्टिङ र फोटोग्राफ्रीको एक्सपो २०७४ को आयोजना गरेको हो ।

प्रदर्शनीमा प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्रा्ष्ट्रिय ब्राण्डका उत्पादनहरु राखिने छ ।
आयोजकका अनुसार अमेरिका, जापान, कोरिया ,चिन, ताईवान, भारत लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले एक्स्पोमा स्टल राख्नेछन् ।

प्रदर्शनी स्थलमा कार्यशाला गोष्ठी, अन्तक्र्रिया ,फोटो प्रदर्शनी, फोटो सेशन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिनेछ । प्रदर्शनीस्थलमा फुड स्टलको समेत ब्यवस्था गरिएको बताइएको छ । प्रदर्शनीको मध्यान्ह उपराष्ट्रपनि नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ