arrow

अक्षराका विद्यार्थीले उडाए ड्रोन

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
Akchera.JPG

काठमाडौं । अक्षरा स्कुलका  विद्यार्थीले  ड्रोन उडाएर अक्षरा शैक्षिक प्रदर्शनी २०७४ को शुभारम्भ गरेका छन् । शुक्रवार आयोजना गरिएको  प्रदर्शनीका लागि   कक्षा ७ मा अध्यनरत विद्यार्थी केल्भिन संग्रौलाले  ड्रोन तयार पारेका थिए ।  कलेजस्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरेतापनि सात कक्षाको विद्यार्थी आफैंले ड्रोन बनाएर उडाएको यो नै नेपालको पहिलो घटना हो ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले उद्घाटन गर्दै काँडाघारीस्थित अक्षरा स्कुल कागेश्वरी मनोहरा नगरपालिकाकै गहना भएको उल्लेख गरे । शैक्षिक प्रर्दशनीमा विद्यालयका सबै विद्यार्थी सहभागी भएर विभिन्न शैक्षिक स्टलहरु राखेका छन् । प्रर्दशनीमा विज्ञान, नेपाली, इतिहास, भुगोल, प्रदेश, जलविद्युत, सडक, कम्प्युटर, मोवाइल र यससंग सम्वन्धित सफ्टवेयर लगायत गरि ६० स्टल समावेश रहेको विद्यालयकी प्रिन्सिपल अञ्जु भट्टराईले बताइन् ।

विद्यार्थीमा अन्तर्नीहित प्रतिभा उजागर गर्ने र कक्षामा सिकेका कुरा व्यवहारमा उतार्न सो प्रदर्शनी आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राधेश्याम खड्काले बताए ।  प्रर्दशनी हेर्न काँडाघारी र आसपासका विभिन्न २ दर्जन विद्यालयका विद्यार्थीको साथै अभिभावक र शुभचिन्तकहरुको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ