arrow

भारतीय दुतावासको एम्बुलेन्स पाएपछि स्थानीय दङ्ग

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
dutabash.jpg

उदयपुर । एक बर्ष अघिसम्म उदयपुरको पहाडि क्षेत्रमा स्थानियहरु ठूलै बिरामी पर्दा २० देखि ३० हजार सम्म गाडि रिजर्भ गरेर उपचारको लागि सदरमुकाम गाईघाट ल्याउनु पर्ने बाध्यता थियो ।

गाउँमा ठूलै दुर्घटना भए र स्थानिय बिरामी परे सामान्य सर्वसाधरणहरुले उपचार अभावमा आफ्नो ज्यान गुमाउनु पर्ने बाध्यता खेप्दै आएका थिए । तर पछिल्लो एक बर्ष यता उदयपुरको बास्बोटे, बाराह, ताम्लीछा, बलम्ता, जाते, इनामे, भुट्टार लगायतका क्षेत्रका सर्वसाधरणहरुले गाउँमानै एम्बुलेन्स सेवा पाउदा हर्षित छन् ।

भारतीय दुताबासले हरेक बर्ष आफ्नो स्वतन्त्रता दिवसको अबसरमा नेपालका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई प्रदान गर्दै आएको एम्बुलेन्स प्राप्त गरेपछि सो क्षेत्रका स्थानियलाई यतिबेला साह्रो गाह्रो पर्दा समयमै उपचार पाउन एम्बुलेन्सले सेवा पुर्याउदै आएको छ ।

स्वास्थ्य चौकी बास्बोटेको लागि भन्दै भारतीय दुताबासले गत बर्ष एम्बुलेन्स हस्ताणतरन गरेको थियो, स्वास्थ्य चौकी प्रमुख कर्णसेर राई र स्थानिय समाजसेवी कृष्ण राउतको पहलमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा उदयपुर प्रतिनिधि सभा १ का सांसद डा. नारायण खड्काको विशेष पहलमा एम्बुलेन्स प्राप्त भएको स्वास्थ्य चौकीले बताएको छ ।

डा. खड्काको बिशेष पहलमा एम्बुलेन्स प्राप्त भए पछि सो क्षेत्रका सर्वसाधरणहरु समेत हर्षित छन्, स्थानियले समयमानै सेवा पाएका छन् सुनकोसी गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताए  । गाउँमा एम्बुलेन्स संचालनको लागि सडक स्तरउन्नती हुन नसक्दा समस्या झेल्नु परेको स्वास्थ्य चौकी इन्चार्ज राईले बताए । एम्बुलेन्स प्राप्त भए संगै स्थानिय सर्वसाधरणहरुले डा. नारायण खड्कालाई विशेष आभार प्रकट गरेको राईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ