arrow

माछापुच्छ्रे बैक अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
mbl-clearing-sign.jpg.jpeg
काठमाडौं। अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन माछापुच्छ्रे बैक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ। यस सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र माछापुच्छ्रे बैक लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले माछापुच्छ्रे बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसीएचएल आइपीएस प्रणाली उपलब्ध गराउने छ ।
 
एनसीएचएल आइपीएस प्रणाली मार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ड पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने बैंकले जनाएको छ । 
 
एनसीएचएल आइपीएस प्रणालीका लागि कम्पनीले ३१ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र १ रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । नयाँ सम्झौता पछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी एनसीएचएल आइपीएस प्रणालीमा ३४ सदस्यहरु आवद्ध भएकाछन् ।                                                                                                                  
 
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाल संचालन गदैं आएकको एनसीएचएएल इसीसी सेवा मार्फत आफ्ना १२५ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,६४० शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउदै आएकोमा कम्पनीको उद्देश्य बमोजिम अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएएल आइपीएस सेवा संचालनमा ल्याउनको लागी आउने दिनहरुमा अन्य बैंक वित्तीय संस्थाहरुलाई पनि यस प्रणालीमा आवद्ध गराएर यस प्रणालीको संजाल निरन्तर रुपमा बढाउदै लग्ने कम्पनीले लक्ष्य लिएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ