arrow

रुपको झट्काले घाईते भएको उजुरी परेपछि... (भिडियो)

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
rupai-mohani.JPG

काठमाडौ‌ं । बैंशमा स्याल पनि घोर्ले भन्ने नेपाली उखानै छ । त्यसमाथि बिदेशीहरुको ओहिरो लाग्ने ‘ठमेल बजारमा’ सेक्सी नृत्य गरेर चर्चा कमाएकी एलिसा राईको रुप देखेर कुन युवा आकर्षित नहोलान् । कलेजका युवाहरु हुन् कि छिमेका, गाउँका हुन् कि शहरका, फिल्म हल होस या सपिङ महल, मनिङ वाक होस या बस यात्रा ! आज केवल एलिसाको रुपको चर्चा छ । हनु पनि जसको जिरो फिगरको शरिर र लच्किएको कम्मर छ । मादक हेराई र किलिङ मुस्कान छ । यसैले होला एलिसाको बिस बर्षे उमेरमै हजारौं युवाहरुलाई उनको रुपको झट्का लागेको ।

गंभिर बिष्ट लगायतका युवाहरुले उनको रुपको झट्का लागेको उजुरी गरेपछि एकाएक यो समाचार बाहिर आएको हो । एलिसाको रुपमा पागल युवाहरुको चर्तिकलालाई स्वभाविक रुपमा नियालीरहेका गायक बिमल गौतम स्वयमले यो युवा यथार्थलाई गीत र संगीतको माध्यमबाट प्रस्तुत गरेका हुन् भने शब्द लेखनमा प्रकाश श्रेष्ठले बिमललाई साथ दिएका छन् । यस गीतको संगीत संयोजन बिक्रम कार्कीले गरेका छन् ।

यस भिडियोको निर्देशन मोडेल समेत रहेका गंभीरले गरेका छन् भने छायाँकार नवराज उप्रेती रहेका छन् । ह्याण्ड टु ह्याण्ड क्रयुले नृत्यमा साथ दिएको छ भने संगीत संयोजन बिक्रम कार्कीले गरेका हुन् । यस भिडियोलाई बुढा सुब्बा म्यजिक कम्पनीको युटयुव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

शब्द र संगीतमा लोक र आधुनिक धारको फ्युजन गरेर आजका युवाहरुको मन छुने यस भिडियोले गायक बिमल गौतमको सांगितिक यात्रालाई थप उचाईमा पुर्‍याउने बिश्वास गरिएको छ । “यस भिडियोले बिमललाई हौसला मात्र दिने छैन बढि भन्दा बढि दर्शकमाझ पुर्‍याउने छ” म्युजिक खबरका सम्पादक सुमन बैरागीले बताए । संगीतलाई साधना बनाएका गौतम सानै उमेरदेखि गायनमा तल्लिन छन् ।  

युवा उमेरको यस्तो कृयाकलापलाई म्युजिक भिडियोमा उतारेपछि यसले युवाहरुलाई मात्र होईन प्रौडहरुलाई समेत युवा उमेरको उत्तेजक सम्झना गरउन सफल भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ