arrow

रहेनन् गाउँ पञ्चायत थापा

logo
रमित बि.क.,
प्रकाशित २०७४ माघ २० शनिबार
pradhan1.jpg

बाजुरा ।  बाजुराको बुढीगंगा नगरपालिका साविकको ब्रह्मतोला गाविस १ का पुर्व गाउँ पञ्चायतका प्रधान लाल बहादुर थापाको ८० वर्षको उमेरमा शनिवार विहान ३ बजे निधन भएको छोरा दल विक्रम थापाले बताएका छन् । लामो समय देखि दमको रोगले ग्रसित हुदैँ आएका थापाकोआफ्नै निवासमा निधन भएको हो ।

पुर्व गाउँ पञ्चायत प्रधान समेत रहेका थापा समाजसेवी बुद्धिजिवी र नेपाली काँग्रेस पुर्व जिल्ला कार्यसमिति सभापति,उपसभापति र महाधिवेशन प्रतिनिधी रहेको नेपाली काँग्रेस बाजुराले जनाएको छ । थापाले लामो समय देखि पञ्चायती व्यवस्थामा प्रधान रही  साविकको व्रह्मतोला गाविसमा सेवा गर्दै आएका थिए ।

 उनको आजै बुढीगंगा नदीमा दाहासंस्कार गरिएको छ । थापाको निधनले नेपाली काँग्रेस बाजुरालाई ठुलो क्षेती पुगेको काँग्रेस बाजुराका सभापति कविराज पण्डितले बताए । उनको निधनले सिंगो नेपाली काँग्रेस बाजुरालाई अपुरणीय क्षेती हुनुका साथै उनले गरेका क्रियाकलाप सधैँ अमर रहने बताए ।

 थापा जीवनभर राजनितिक र समाजिक सेवा नै जीवनको एक मात्र लक्ष्य लिएर जीवनोत्सर्ग गर्ने जिउदोँ ईतिहास एवंम बहुदलिय प्रजातन्त्रका हिमायती समेत रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ