arrow

गोरुको मासुका लागि गोरु तस्कर केन्द्र बन्दै कपिलवस्तु

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ माघ २० शनिबार
goru_1.JPG

कपिलवस्तु  ।  गोरु पनि मासुको लागी भन्दा नेपालमा अचम्म लाग्न सक्छ तर कपिलवस्तुमा मासुको लागी तस्करहरु मार्फत दिनहु गोरुको ओसार पसार भैरहेको छ । जिल्लाका बिभिन्न सीमावर्ती विभिन्न खुला नाका हुँदै अवैध रुपमा भारतीय गाउँहरुबाट गोरु नेपाल भित्रने गर्दछन ।
ती गोरुहरुको  कपिलवस्तुका बिभिन्न स्थानहरुमा लाग्ने हाट बजारहरुमा खरिद बिक्री कागजात र पशु करेनटाईन बनाएर गोरु तस्करहरु बैधनिक रुपमा गोरु तस्करी गर्दै आएका छन् । सोमबार कृष्णनगर नगरपालिकाको  बहादुरगजंमा लाग्ने हाटबजार वाट दिनमै सय भन्दा वढि गोरु मासुको प्रयोजनको लागी रुपन्देही तर्फ चलान गरिएको छ ।  

स्थानीय मजदुरहरुलाई १ हल गोरुको एक हजार दिएर बहादुरगज वाट रुपन्देहीको मोग्लहवा सम्म पुर्याउने गरिन्छ । त्यहा वाट व्यपारीहरुले नवलपरासि हुदै झापा लगायत विभिन्न सिमा हुदै वगाल सम्म गौरु लैजाने रहस्य खुल्ल आएको छ । स्थानीय मजदुरले नाम नवताउने शर्तमा  भने “हामीलाई केही सरोकार छैन हामिले रुपन्देही लगेवपतको रकम लिन्छौ त्यहांवाट अरुले नै लिएर जान्छन यसमा हाम्रो के दोषू । कहि सवारी साधन मार्फत ढुवानी कहि स्थानीय मजदुर लगाई दिनहुं गोरु तस्कर भएको छ ।
 
्स्थानियहरुले  कहि कतै गोरु नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए पनि ढुवानी गरेको  ट्रकलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जोत्नको लागी खरिद गरेको कागजात र जिल्ला पशुसेवा कार्यालयले बनाएको पशु क्वारेन्टाईन समेत भएकोले कानुनी बैधानिक भएको भन्दै छोड्ने गरिन्छ ।

तस्करहरुले पछिल्लो क्रममा यसरी बैधनिक रुपमा कागजात बनाई नेपालको बिभिन्न स्थान हुंदै गोरुहरुलाई झापा पुर्‍याउने र झपाका  विभिन्न खुला नाकाबाट भारतको पश्चिम बंगालतर्फ चोरी निकासी हुने गरेको छ । पश्चिम बंगालमा ती गोरुहरु खेतीपातीका लागि भन्दा पनि मासुका लागि प्रयोग हुने गरेको छ ।गोरुलाई मासुको प्रयोजनका लागि हुने चोरी तस्करी र ढुवानी रोक्नुपर्ने कपिलवस्तुवासीले माग गरेका छन् ।

उनिहरुले गोरु तस्करहरुले हिन्दु धर्ममाथि चोट पुर्‍याउन गरि मासुको प्रयोजनका आफुले सोध्दा सिधै कटाउनको लागी लैजादौ छौ भने पछी आफुहरुले नियन्त्रण लिएको बताउछन् । कपिलवस्तुका धेरै स्थानहरुम गोरु तस्कर भएका घटनाहरु बाहिर आएका छन् । प्रहरी प्रशासन बिशेष चासो न देखाएको पाईएको छ । यस्ता घटनाको छानविन हुनु पर्ने स्थानीयको माग छ । कानुनी रुपमासम्पुर्ण कागजातहरु पुरा छ । यस आधारमा हमीहरुले यसलाई नियन्त्रणमा लिन नसक्ने प्रहरी उपरिक्षक भोजजगं शाह बताउछन् ।  गैर कानुनी भए कारवाही गर्ने समेत शाहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ