arrow

आयोजक लालझाडीले उपाधि हात पार्‍यो

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ माघ २० शनिबार
laljhadi.jpg

अमरबस्ती ,पुनर्वास ।  कञ्चनपुरको पुनर्वासमा माघ १० गते देखि सञ्चालन गरिएको एसपिए लालझाडी कप टि ट्वाइन्टी प्रतियोगीताको आयोजक लालझाडी ११ ले उपाधि हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा  टस जितेर ब्याटिङमा उत्रिएको लालझाडी ११ ले विश्वज्योतीलाई ९ रनले हराउदै विजयी भएको हो । विश्वज्योती लाई हराउन लालझाडीका महेश अधिकारीले १६  वलमा ३ छक्का र २ चौकाको मद्धतमा २९ रन वनाए । त्यस्तै विक्रम देउवाले ३ छक्का र १ चौकाको मद्धतमा १७ वल खेल्दै २७ रन र विक्रम ठगुन्नाले ८ वलमा १९ रनको योगफल दिए । लालझाडीले २० ओभरमा सवै विकेट गुमाएर १ सय ३३ रन वनाएको थियो ।

१ सय ३४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको विश्वज्योती पुरै ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतीमा १ सय २४ रनमा सिमीत भयो । १ सय २४ रन वनाउन कैलास थापाले २१ वलमा २७ रन वनए । त्यस्तै अमित वुढाले १६ वलमा २२  र विनोद लामाले ९ वलमा १५ रनको योगफल दिए । विश्वज्योतीका खेलाडी उत्कृट ब्याटिङमा उत्रियपनी खेलको उपाधी भने चुम्न सकेन ।

विश्वज्योतीलाई सस्तैमा समेटन् लालझाडीका रोमन वमले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए  । त्यस्तै, प्रकास सार्कीले ४ ओभरमा १६ रन खर्चेर २ र महेस अधिकारीले ४ ओभरमा २४ रन खर्चेर १ विकेट हात  पारे । खेलको म्यान अफ द म्याच लालझाडकिा विक्रम ठगुन्ना भएका छन् । उनले ४ ओभरमा १ रन खर्चेर २ विकेट लिएका थिए ।

हिजो भएको खेलमा आयोजक लालझाडी युवा क्लव ए लाई हराएर फाइनलमा पुगेको जयदुर्गे युवा क्लव वेलौरीलाई प्रोटेक्स लागेपछी जयदुर्गे खेलवाट वाहिरीएको थियो  ।  जयदुर्गे खेल वाट वाहिरीए संगै फाइनल खेल विश्वज्योती भन्सार र आयोजक लालझाडी विच प्रतिस्पर्धा भएको हो । खेलको नियम अनुसार खेल अवधिभर १६ जना खेलाडी हुनुपर्नेमा जयदुर्गेले वडाएर १८ जना पुराएकाले सो क्लव खेलको फाइनलमा पुगेर वाहिरीएको क्लवका अध्यक्ष काशिराम वोहोराले वताए ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद लालझाडी लाई द्वितीय पुरस्कार २५ हजार नगद विश्वज्योती भन्सारलाई प्रदान गरीएको छ । म्यान अफ द सिरीज लालझाडीका महेस अधिकारीले पाएका छन् ।  उनले  ५ हजार नगद पुरस्कार समेत पाए । उत्कृष्ट ब्याट्सम्यान जयदुर्गे वेलौरीका एम पि सिंह भएका छन् । उनले सम्पुर्ण खेलमा सर्वाधिक १ सय ५० रन वनाएका थिए ।

उत्कृष्ट वलर विश्वज्योतीका विनोद लामा भएका छन् । उनले समपुर्ण खेलमा ११ विकेट लिएका थिए । उत्कृष्ट फिल्डर लालझाडीका अविनाश सिंह घोषित भए । उत्कृष्ट विकेट किपर विपीन रावल  भएका छन् भने  उदायमान खेलाडी गोविन्द सिंह भएका छन् । माघ १० गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा नेपाल भारतका गरी १६ टिमको सहभागिता रहको थियो । प्रतियोगीताका विजयि खेलाडीहरुलाइ प्रमुख अथिति धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष सुवाश शाहीले पुरुस्कार प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ