arrow

प्रादेशिक राजधानी बनाउन दबाब, वीरगन्जमा मशाल जुलुश, आइतबार बन्द आब्हान 

logo
बिजय  चौहान
प्रकाशित २०७४ माघ २० शनिबार
rake-julus-birjung.jpg

वीरगन्ज । प्रादेशिक राजधानीको माँग गर्दै आह्वान गरिएको एक दिने बन्दलाई सफल बनाउन शनिबार सांझ वीरगन्जमा मशाल जुलुश प्रर्दशन भएको छ । 

वीरगन्ज राजधानी संर्घष समितिले आह्वान गरेको  माघ २१ (आइतबार) को एक दिने वीरगन्ज बन्दलाई सफल बनाउन आह्वान गर्दै मशाल जुलुश प्रदर्शन गरिएको हो ।

संघर्ष समितिका सह–संयोजक राजकुमार गुप्ताको नेतृत्वमा वीरगन्जको घण्टाघर चोकबाट जय वीरगन्जको नारा घन्काउदै निकालिएको मशाल जुलुश नगरको विभिन्न भाग परिक्रमा गरी घण्टाघर चोक मै पुगी कोणसभामा परिणत भएको थियो ।

 कोण सभालाई सम्बोधन गर्दै वक्ताहरुले २ नं. प्रदेशको आइतबार जनकपुरमा बस्ने पहिलो प्रदेशसभा बैठकबाट वीरगन्जलाई प्रादेशिक राजधानी बनाउने मांग राखि संघर्ष समितिले आइतबार एक दिने वीरगन्ज बन्दको घोषणा गरेको बताएका छन् । 

वक्ताहरुले पुर्वाधार नै नभएको जनकपुरमा प्रदशेकि राजधानी उपयुक्त नभएको भन्दै राजधानीका लागि आवस्यक सबै पूर्वाधार वीरगन्जमा रहेको दावी गरे ।

सभालाई सम्बोधन गर्दै नेशनल मेडिकल कलेजका प्रबन्धन बसरुदिन अन्सारीले वीरगन्लाई प्रादेशिक राजधानी बनाए प्रादेशिक संसद देखी मन्त्रालयका लागि आवश्यक पुर्वाधार पाँच वर्षका लागि संघर्ष समितिले नै व्यवस्था गर्ने जानकारी दिए । 

उनले प्रदेशिक राजधानीका लागि आवश्यक सम्पुण पुर्वाधारदेखि प्रदेशका मुख्य मन्त्रीलाई चढ्न संघर्ष समितिले डेढ करोडको वाहनसमेत दिने बताए । 

संघर्ष समितिले आह्वान गरेको एक दिने बन्दका क्रममा एम्बुलेन्स, बारुणयन्त्र, संचार प्रतिस्ठानका वाहन, पर्यटक वाहन, दुध बोकेको वाहन लगयत अतिआवश्यक सेवा वाहेकका अन्य सबै सेवा संचालनमा रोक लगाइएको समितिका सह संयोजक गुप्ताले जानकारी दिए । 

राजधानीको माग गर्दै संघर्ष समितिले विगत ३८ दिन देखि वीरगन्जको घण्टाघर चोकमा रिले अनसन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ