- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा आर्सनलले गोलको वर्षा गरेको छ । आर्सनलले एभर्टनलाई घरेलु मैदानमा ५–१ ले हरायो ।
आर्सनललाई जिताउनका लागि आरोन रामसेले ह्याट्रिक गरे । कोसिल्ने र अबामेले १–१ गोल गरे ।
लिग लिडर म्यान्चेस्टर सिटीले भने बर्नलेसंग १–१ को बराबरी खेलेको छ । दोस्रो स्थानको म्यान्चेटर युनाइटेडले हडल्सफिल्डलाई २–० ले हरायो ।
लिगमा म्यान्चेस्टर सिटीको ६९, म्यान्चेस्टर युनाइटेडको ५६, लिभरपुल र चेल्सीको ५०–५० अंक छ ।