arrow

टिपरले च्यापिएर दुईजनाको मृत्यु 

logo
प्रकाशित २०७४ माघ २१ आइतबार
accident-final.jpeg

महेन्द्रनगर । धनुषामा शनिबार राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना ७ ख ३२२६ नंको टिपर राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

दुर्घटना परेर मृत्यु हुनेमा टिपर चालक धनुषाको लक्ष्मीनिया गाउँपालिका सपही बस्ने उदयकुमार शर्मा र सहचालक (खलासी) मिथिला नगरपालिकाको नक्टाझिझ बस्ने सञ्जय पासमान रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार टिपर पल्टिँदा दुवै जनाको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको हो । मृतक दुवैको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । 

दुर्घटना भएको ढल्केवर–जनकपुर सडक ६ लेनका लागि विस्तार भइरहेकाले सडक विस्तारका लागि प्रयोग हुने निर्माण सामग्री सडकमै थुपारिराखेको हुँदा दुर्घटना भएको अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ