arrow

प्रदेश ५ को ऐतिहासिक बैठक, आफ्नै इतिहास छ यो भवनको 

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ २१ आइतबार
pradesh5.jpg

बुटवल। वि.सं. २०१० सालमा पदमचन्द्र श्रेष्ठको अध्यक्षतामा बुटवल उद्योग वाणिज्य संघ गठन भयो । समिति त बन्यो तर कार्यालय कहाँ राख्ने भन्ने टुंगो थिएन। यहीबीचमा कार्यालय चलाउन संगम पथमा भवन बन्यो।  भवन त बन्यो, तर बनेको भवन साँघुरो भएपछि संघले फराकिलो ठाउँ खोज्न थाल्यो भवनका लागि। बुटवल उपमहानगरपालिकासँग जग्गा माग गरेपछि नगरले खयरघारीमा जग्गाको भोगाधिकार दिन मन्त्रालयमा सिफारिस गर्यो। 
अर्जुनमान सैजुको नेतृत्वको संघले २०५८ सालमा ५ कठ्ठा जग्गाको भोगाधिकार पायो । २०५९ साउन ६ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलन्यास गरे। उनै देउवा प्रधानमन्त्री भएको समयमा त्यही भवनमा प्रदेश सभाको एउटा महत्वपूर्ण बैठक बस्दैछ। २०६३ साल असोज २४ गते निर्माण सम्पन्न भएको सो भवनमा संसद् सचिवालय, सभामुख, उपसभामुखको कक्ष र राजनीतिक दलका लागि कार्यालय राखिएको  छ भने  संघको अर्को भवनमा प्रदेश सभाको पहिलो बैठक बस्दै छ।

सरकारी टोलीलाई स्थानीय उद्योगी व्यवसायीले आवश्यक परे आफुहरुले भवन उपलब्ध गराउने बताएपछि विकल्पको खोजिएन। प्रदेश राजधानी रुपन्देही बनाउनको लागी पहल गरेको र आवश्यक सहयोग समेत गर्ने भनेको हुँदा सचिवालयलाई सो भवनमा राखिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले बताए। प्रदेश सचिवालयको रुपमा रहेको भवन निर्माणको लागि ३ करोडको लगानी लागेको भवन निर्माण समितिका अर्थ व्यवस्थापक अर्जुनमान सैजुले जानकारी दिए। 

प्रदेश सभा बैठक बस्ने भवन पनि उद्योग वाणिज्य संघकै हो ।  संघका तत्कालीन अध्यक्ष सुरेन्द्र श्रेष्ठको कार्यकालमा २०६९ असोज ८ गते शिलन्यास भएको संघका कार्यालय प्रमुख सञ्जय ज्ञवाली बताउँछन्। भवनको शिलन्यास मुख्य सचिव लिलामणि पौडेलले गरेका थिए भने भवनको उद्घाटन २०७१ साल असोज २७ गते तत्कालिन उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका थिए । सो भवन निर्माणका लागी करिब २ करोड रुपैयाँ खर्च भएको छ। प्रदेश नम्बर ५ को प्रमुखको कार्यालयको लागि तोकिएको छ – रुपन्देही व्यापार संघको भवनलाई।

टंकप्रसाद पोखरेलको कार्यकालमा ०६५ सालमा बुटवल नगरपालिकाको सिफारिशमा सरकारले भोगाधिकार दिएपछि २०६८ सालमा शिलान्यास गरेर २०७० सालमा भवन तयार भएको थियो। करिब २ करोड रुपैयाँ लागतमा तयार भएको भवन सरकारलाई आवश्यक परेपछि उपलब्ध गराएको रुपन्देही व्यापार संघ अध्यक्ष पदम बहादुर श्रेष्ठ बताउँछन्। क्षेत्रीय प्रशासकको संयोजकत्वमा २ महिना अगाडि आएको अध्ययन टोलीले बुटवलको उद्योग बाणिज्य संघ र रुपन्देही व्यापार संघको भवनमा संसद् बैठक र प्रदेश प्रमुखको कार्यालय बनाउन सकिने सिफारिश गरेको थियो। 

दुवै संघका अध्यक्षले राजधानी बुटवल भएमा भवन उपलब्ध गराउने सहमति अनुसार भवनमा कार्यालयहरु राखिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको भनाई छ। ती भवन कसरी प्रयोग गर्ने भन्ने अझै टुंगो लागेको छैन । सरकारले संघहरुलाई भाडा उपलब्ध गराउनेबारे अनौपचारिक छलफल भएपनि त्यसबारे टुंगो लगाइएको छैन। प्रदेश प्रमुख उमाकान्त झा भन्छन् पहिलो संसद् बैठक सम्मको लागी प्रशासनले तयारी गरेको छ । भाडाको बिषयमा कुरा भएको छैन। 

पहिलो बैठक सम्पन्न हुँदासम्म यस बिषयमा कुरा नहुने बताउँदै  प्रदेश प्रमुख झाले भाडाको बिषयमा पहिलो बैठक पछि छलफल गरि टुङ्गोमा पुग्ने बता । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ