arrow

नेपाली तारा सिजन ३ की जलजलालाई आर्थिक सहयोग गर्ने क्रम बढ्दै 

logo
प्रकाशित २०७४ माघ २१ आइतबार
7.jpg

काठमाडौं । नेपाली तारा सिजन ३ बाट आफुलाई दर्शक माझ बढी लोकप्रियता अंगालेकी नेपाली र नेपालकै प्यारी स्वरकी धनी होनहार गायिका जलजला परियारको दुवै मिर्गौलाले काम गर्न छाडेर हाल आर्थिक अभावमा  काठमाडौंका शिक्षण अस्पतालमा उपचाररत छिन् । 

योसंगै उनलाई नेपालभित्र वा नेपाल बाहिरका अधिकांश देशमा उनको उपचारमा सहयोग गर्ने क्रम बढ्न थालेको छ ।

दक्षिण कोरियास्थित स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाको गम्भीर ध्यानाकर्षण भएको र यस संस्था सम्बद्व  व्यक्तित्वहरु र अन्य नेपाली दाजुभाई दिदिबहिनिहरुबाट सहयोग संकलन अभियान शुरु गरि यसलाई सफलतापूर्वक सम्पन्न गरिएको छ । 

जापानबाट उनको उपचारमा सहयोग पुगोस् भनेर सुनिता राना पालले एक लाख वोन र साउदीबाट पनि  राजेश ढगोल ले नेपाली रु चौध हजार सहयोग गरेका छन् । 

परोपकार र समाजसेवामा अग्रसर स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले यो पवित्र अभियानले पिडित जलजलाको घाउमा केहि मल्हम लगाउन सहयोग गरेको दक्षिण कोरिया थेगु शाखा  शाखा अध्यक्ष बिरेन्द्र बताए । 

सन् १९९७ मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरिया  ९थेगु शाखा–२०१७० ले विभिन्न संघ–संस्थाहरु सँग समन्वय गर्दै यस्तै कार्यहरुमा अग्रसर स्याङ्जा परिवारले विगतमा धेरै उल्लेखनीय कार्यहरु गर्दै आईरहेको छ । 

स्याङ्जा जिल्लास्थित स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स भ्यान, एक्स रे मेशिन, कम्प्यूटर र अन्य उपकरणहरु प्रदान गर्द आईरहेको छ । 

विरामी पर्दा, काम छोड्दा वा अप्ठ्यारो परिस्थितिमा सहज होस् भन्ने हेतुले दक्षिण कोरिया स्थित सउलरतोंगदेमुनमा स्याङ्जा घर (सेल्टर) संचालन गर्दै आईरहेको छ । 

उनको उपचारमा हालसम्म सो सस्थाले उठेको दुई लाख त्रियनब्बे हजार रुपैंयाँ शनिवार जल्जलाकी आमा लाई हस्तान्तरण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ