arrow

पहिलो गासमै ढुंगा 

logo
प्रकाशित २०७४ माघ २१ आइतबार

जनकपुर । प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक शुरु हुनासाथ अवरुद्ध भएपनि अहिले नियमित भएको छ । राजपा सांसद मनिष सुमनले मधेस आन्दोलनका सहिदहरुको फोटो राख्न माग गर्दै विरोध गरेपछि, बैठक रोकिएको थियो ।

सभामुखको आसन अगाडि जनआन्दोलनका शहिदहरुको तस्वीर राखिएको थियो । त्यहाँ मधेस आन्दोलनका सहिदको तस्वीर किन राखिएन भन्दै सुमनले आपत्ति जनाए लगतै राजपा सांसद डिम्पल झाले मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने चेतावनी दिइन् ।

त्यसपछि सांसदहरु उठे र बैठक स्थगित भएको हो । तर सभामुखले मधेश आन्दोलनका सहीदको पनि फोटो राख्ने बचन दिएपछि बैठक नियमित भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ