arrow

नेपालको द्रुत आर्थिक विकासमा भारतले सघाउने

logo
प्रकाशित २०७४ माघ २१ आइतबार
oli-swaraj.JPG

काठमाडौँ । भारतले नेपालको द्रुत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकतानुरुप पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने बताएको छ ।

भारतका वैदेशिक मामिलामन्त्री सुष्मा स्वराजले प्रजातान्त्रिक रुपमा निर्वाचित नेपालको राजनीतिक नेतृत्व वर्गलाई आफ्नो हालैको नेपाल भ्रमणपछि त्यस्तो सहकार्यको सन्देश दिएकि हुन् । भारतले तीन वटै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारप्रति बधाई ज्ञापन गर्दै त्यसलाई प्रजातान्त्रिक संक्रमणको उपलब्धि भएको जनाएको छ ।

गत शुक्रबार अबेर राति भारतीय वैदेशिक मामिला मन्त्रालयले मन्त्री स्वराजको नेपाल भ्रमणका सन्दर्भमा सार्वजनिक गरेको विज्ञप्तिमा नेपाल – भारत साझेदारीमा जोड दिइनाका साथै दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याइने उल्लेख छ । उनि गत बिहीबार दुईदिने भ्रमणमा नेपाल आएकि थिइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ