arrow

राजधानीको मांग गर्दै वीरगन्ज बन्द, चोक-चोकमा सशस्त्र र नेपाल प्रहरी परिचालन

logo
बिजय चौहान,
प्रकाशित २०७४ माघ २१ आइतबार
birgunj1.jpg

वीरगन्ज। प्रदेशिक राजधानीको मांग गर्दै आह्वान गरिएको एक दिने बन्दको कारण पर्सावासिको जनजिवन प्रभावित भएको छ ।  वीरगन्ज राजधानी संर्घष समितिको  आह्वानमा आइतवार वीरगन्जको बजारदेखी यातायात बन्द भएपछि जिल्ला वासिको जनजिवनप्रभावित भएको हो ।

बन्दलाई सफल बनाउन आन्दोलनकारीहरु विहानै देखी वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, छपकैया, मुर्ली, पावरहाउस, गण्डक, नगवार, इनर्वा लगायतका चोकमा विहानै देखी टायरवालि  प्रदर्शन गरि रहेका छन् ।

संर्घष समितिको आह्वानमा गरिएको एक दिने बन्दलाई सफल बनाउन आन्दोलनकारीहरु विहानै देखी वीरगन्जको विभिन्न चौकमा टायरवालि सर्वजनिक तथा निजी यातायात, बजार, उद्योग वितिय संस्था, विद्यलाय बन्द भका छन् ।

 बन्द अवज्ञा गरेको भन्दै वीरगन्जको घण्टाघर चोक र आदर्शनगर चोकमा आन्दोलनकारीले सर्वजनिक सवारी साधानमा तोडफोड गरेका छन् । आन्दोलनकारीहरुले विहान घण्टाघर चोकमा बि. आर ०५ पि.आर ३०४० नम्बरको स्कापियो जिपमा तोलफोड गरेको प्रहरीले जनाएको छ ।

संर्घष समितिले आह्वान गरेको बन्दको कारण वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि संचालन हुने लामो तथा छोटो दुरीका सर्वजनिक सवारी साधान संचालन हुन नसकेपछि वीरगन्जको बसपार्कमा यसकडौ यात्री अल्पत्र परेका छन् ।

एम्बुलेन्स, बारुणन्त्र, पर्यटक सवार वाहन, संचार माध्यमका सवारी साधन, मोटरसाईक,साईकल बाहेका अन्य  सबै सवारी साधान संचालनमा आन्दोलनकारीले रोक लगाएका छन भने होटल, औषधी पसललाई मात्र संचालन गर्न दिएको छ ।

बन्दको क्रममा आन्दोलनकारीबाट हुन सकिने जन धनको क्षतीलाई रोकन वीरगन्जको चोक चोरकमा उलेख्य संख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ