arrow

प्रदेश २ : बहुमत मधेसीको, ‘बैठकमा’ राजनीति एमालेको

पोखियो संसदीय दलको नेता छान्ने विवाद : गुट प्रष्ट–'एउटा ओलीको, एउटा नेपालको'

logo
प्रकाशित २०७४ माघ २१ आइतबार
pradesh-2-cabinet1.jpg

काठमाडौं । दुई नम्बर प्रदेशमा एमाले प्रतिपक्षको भूमिकामा रहेपनि प्रदेश सभामा उसैले राजनीति गरेको छ । तर, प्रदेश सभाको पहिलो बैठकमै प्रष्ट गुट देखिएको छ ।

सभामूखको भूमिका एमाले सांसद लगनलाल चौधरीले निभाए । प्रदेश सभाको  पहिलो बैठकमा संघीय समाजबादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, संघीय समाजबादी पार्टी नेपाल र स्वतन्त्र सांसद शेख अब्दुल कलाम आजाले हिन्दीमा संबोधन गरे । बाँकी सांसदले मैथलीमा सम्बोधन गरे ।

प्रदेश नम्बर २ को सबभन्दा ठूलो दल समाजबादी फोरमका सांसदलाई १४, राजपाका सांसदलाई १३, काँग्रेसका सांसदलाई ९ र एमालेका २ जना सांसदलाई पाँ–पाँच र बाँकी सांसदलाई २ मिनेट बोल्ने समय दिइयो ।

अन्य दलबाट एक–एक जना सांसदले बोल्न पाए पनि, एमालेका २ जनाले बोल्न पाए । सभामुख एमाले कै भएका कारण त्यहाँ एमालेको राजनीति चल्यो । आफ्नो दललाई बढी सुविधा भोग गराएको भन्दै केही सांसद रन्थनिदै बाहिर निस्केर भुनभुन गरिरहेका थिए ।

एमालेबाट दुई जना बोल्नुको कारण भने अर्कै थियो । प्रदेश २ मा एमाले तेस्रो ठूलो पार्टी बनेको छ । एमाले प्रमुख विपक्षी बन्ने देखिएको छ । संसदीय दलको नेता अर्थात् प्रमुख विपक्षी दलको नेताका लागि दुई जना ठडिएका छन् ।

प्रदेश सभाको पहिलो बैठकमा कसले नेतृत्व गर्ने भन्ने समयमै निक्र्यौल हुन सकेन । भित्रि कुरा प्रदेश सभाको बैठकमा छछल्कियो । त्यो पनि घुमाउरो पाराले । संसदीय दलको नेताको दावी गरिरहेका दुबै जनाले बोले । अन्य दलका सांसदले एमालेले सभामुख आफ्नै भएको भएर बढी सुविधा लिएको रुपमा चित्रित गरे ।   

काँग्रेस सांसद भन्दा अघि बोलेका एमाले सांसद सत्यनारायण मण्डलले ५ मिनेट लिए । अन्तमा एमालेका शत्रुध्न महतोले पनि पाँचै मिनेट पाए । मण्डल केपी ओली र महतो माधव नेपाल गुटका नेता हुन् ।

प्रदेश सभा बैठकमा यो दृष्य देखिनु भन्दा अघिनै संसदीय दलको नेता को बन्ने भन्ने विवाद पार्टी केन्द्रीय कार्यालयमा पुगिसकेको छ । एमाले प्रदेश २ को संयोजक समेत रहेका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले आफू नै संसदीय दलको नेता भएको जिकिर गरिरहेका छन् । महतो बैकल्पिक बैकल्पिक पोलिट व्यूरो सदस्य हुन् । उनले पनि दलको नेताको दावी गर्दै चुनाव लड्ने बताइएका छन् ।  

तर, प्रदेशसभा बैठकमा जानुअघि मण्डलले भनेका थिए, ‘बैठकमा मेरो नेतृत्वमा जाने हो, अरु साथीहरुले बोल्न चाहे पाउनु हुनेछ ।’ बैठकमा भयो पनि त्यस्तै । मण्डल बोलिसके पनि पछि महतो पनि बोले ।

दलको नेताका लागि विवाद किन ? जवाफमा मण्डलले भने, ‘हरेक मानिसमा इच्छा आकांक्षा हुन्छ, जीवन्त पार्टीमा इच्छा र आकांक्षा हुनु स्वभाविक हो । शत्रुध्न महतोलगायत अरु जोसुकै व्यक्तिले आकांक्षा राख्नु पाउने अधिकार छ । यो विषयमा मेरो कुनै टिप्पणी वा गुनासो छैन ।’ संसदीय दलको नेतामा सर्वसम्मत भएन भने स्वस्थ प्रतिस्पर्धामा नेता छानिन्छ, उनले अगाडि थपे,  ‘प्रदेश २ मा धेरै ठूला चुनौति छन, ती चुनौति कसरी सामना गर्ने भन्ने बुझेको व्यक्तिलाई दलको नेता छनोट गर्नुपर्छ ।’

कस्तो अप्ठ्यारा ? जवाफमा उनले भने, ‘मधेशका राजनीतिक दलहरु संविधान मानेर आइसकेपछि मधेशका जनताको समृद्धि कसरी हुन्छ ? हाम्रो मुद्दा नै यही हो । गरिबी र अन्धविश्वासको शिकार यहाँका जनता भइरहेका छन् । त्यसका विरुद्ध हामीले लडाइ लड्नुछ । हामी प्रमुख प्रतिपक्षीको हैसियतले सत्तामा आउने मित्रहरुलाई रचनात्मक सहयोग गरेर जान्छौं ।’ संविधान संशोधनमा चित्त बुझ्दो प्रस्ताव आयो भने हामी काँधमा काँध मिलाएर अघि बढ्छौं ।

मण्डल पनि २ नम्बर प्रदेशमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत गरेका छन् । जहाँ ओली र नेपाल खेमाबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ